कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोचक तथ्य: गोलको वर्षा हुने खेल

काठमाडौँ — तेस्रो स्थानको प्लेअफ खेल गोलका हिसाबले विश्वकपको सबैभन्दा राम्रो खेल हो । सन् १९७८ यता भएका १० खेलमा प्रतिखेल ४ गोलका हिसाबले गोल भएका छन् ।

रोचक तथ्य: गोलको वर्षा हुने खेल

पछिल्ला चार विश्वकपमा तेस्रो स्थान हात पारेको टोली क्रमश: टर्की (२००२), जर्मनी (२००६ र २०१०) तथा नेदरल्यान्ड्स (२०१४) ले प्लेअफ खेलमा तीन गोल गरेका छन् ।

बेल्जियमले एकपल्ट मात्र १९८६ मा तेस्रो स्थानको प्लेअफ खेलेको थियो, जतिखेर टोली फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । त्यसको चार वर्षपछि इंग्ल्यान्डलाई पनि यही म्याच खेल्नुपर्ने बाध्यता आइपर्‍यो र टोली इटालीसँग २–१ ले पराजित भयो ।

प्रकाशित : असार ३०, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?