कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तपाईको हात खुट्टा निदाउँछ ? विचार पुर्‍याउनुस् ठूलै रोग पनि हुन सक्छ

डा. ललित कुमार मिश्र

काठमाडौँ — हात खुट्टा झम-झमाउने वा शरीरको कुनै भाग निदाउने जस्ता समस्याबाट पीडित व्यक्तिहरुको संख्या अचेल निकै बढेको देखिन्छ । के युवा, महिला, वृद्ध जो कोहिको शरीरका बिभिन्न भाग कुनै समय झमझमाए कै हुन्छ । 

तपाईको हात खुट्टा निदाउँछ ? विचार पुर्‍याउनुस् ठूलै रोग पनि हुन सक्छ

जोसुकैलाई पनि यो समस्या हुनसक्छ, फरक यति मात्र हो कसैलाई हिडाई, बसाई, सुताई नमिलेर झम्झमाउने हुन्छ भने कसैलाई रोगको कारणले गर्दा हुन्छ । शरीरको जुनसुकै भागमा निदाउने हुन सक्छ र त्यहाँको सेन्सिटीभिटी कम महशुस हुनका साथै झम्झमाउन थाल्छ । प्रभावित भागलाई छुँदा कुनै प्रकारको अनुभव हुँदैन या कम महशुस हुन्छ । यस्तो अनुभव हुन्छ कि त्यहाँ ज्यान नै छैन वा रक्तसञ्चार भइरहेको छैन । कहिले कहिं शरीरको सन्तुल नमिलेर कुनै भाग निदाउनु वा झमझमाउनु भनेको सामान्य कुरो हो । यदि बारम्बार शरीरको कुनै भाग निदाउने वा झम्झमाउने भईरहेमा बेलैमा सोच्नुपर्ने हुन्छ ।


कहाँ कहाँ हुन सक्छ:

व्यक्तिको कुनैपनि अंग बिषेशमा यो समस्या हुन सक्छ । जस्तै, हातमा, हातका औंलाहरुमा, खुट्टामा, पैतालामा, पेटमा, गला, शिरमा ईत्यादि । यदि तपाईको हातको औंलामा सुन्नपना छभने यस्तो अनुभव हुन्छ कि औंला झम्झमाई रहेछ । छुने बित्तिकै कहिले कहिं त करेन्ट लागे जस्तो हुन्छ भने कहिले प्रभावित अंगमा महशुस गर्ने शक्ति कम हुन जान्छ ।


झमझामउनुको कारण : मानसिक तनाव, थकान र चिन्ताका कारण पनि यस्तो हुन्छ । जसले गर्दा हात खुट्टा तातेको, निदाएको र झम्झमाएको महशुस हुन्छ । बीसदेखि तीस प्रतिशत हात खुट्टा झम्झम् गर्नु कुनै अन्य शारीरिक रोगका कारण पनि हुन सक्छ । सुन्नपन (निदाउनु) को कारण व्यक्तिको शरीरिक अंग बिशेषमा निर्भर गर्दछ । यदि खुट्टा निदाएको छ भने यसको कारण र हातका औला झम्झमाएको छभने यसको कारण यि दुवैको कारण अलगअलग हुनसक्छ ।


यदि कुनैअंगको नशा च्यापिन गयो भने त्यस भाग झम्झम् गर्ने वा निदाउने संभावना बढी हुन्छ । यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ । डायबिटिज् (मधुमेह) को बिरामीलाई पनि अंग बिषेशमा झम्झमाउने हुने गर्छ । यसलाई सामान्य कारण मानिन्छ, अर्को रोग हो बाथरोग । स्पाइनल कार्ड ( मेरुदन्ड )मा ट्युमर वा संक्रमण भएपनि यस्तो समस्या हुन्छ । अर्को कारण पिरिड्गोमायलिया अर्थात स्पाइनलकार्डमा पानी जम्नु हो । कहिले कहिं लिपोमा (फ्याटी ट्युमर) को केशमा पनि झम्झमाउने समस्या हुन जान्छ । लिपोमामा नशा च्यापिन गई यो समस्या हुन्छ । कतिपय अवस्थामा जोर्नीहरु हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ ।


चोट पटकबाट घाईते हुँदा पनि यस्तो हुन्छ । कतिपय अवस्थामा भने दिमागमा लागेको कुनै पुरानो चोट-पटकको कारणले पनि यस्तो हुन सक्छ । अन्य कारणहरुमा शरीरमा पोषणतत्वको कमि । जस्तै, भिटामिन डि १, डि ६, डि १२ को कमिले गर्दापनि झमझमाउने हुन्छ । यदि तपाईको शरीरमा यि भिटामिनहरुको कमि छभने झम्झमाउदछ । यस्तै क्यालसियम र भिटामिन-सीको शरीरमा कमि छ भने निदाउने वा झम्झमाउने हुन सक्छ । यसको अलावा हामीले पिउने पानीमा खानिज तत्वहरु (मिनरल) फास्फोरस, क्यालसियम, सोडियम र आर्सेनिक आदिको असन्तुलनले पनि हात खुट्टा झम्झमाउने वा निदाउने समस्या हुनसक्छ ।


उपचार : होमियोप्याथीमा चिकित्समा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको अवस्था तथा रोग हुने कारण समेतलाई ध्यानमा राखेर उपचार गर्ने गरिन्छ । शरीरको कुनैभाग निदाउने वा झम्झमाउने समस्याको लागि लक्षणअनुसार सफलतापुर्वक प्रयोग हुने केहिं औषधि पनि छन् ।


औषधीहरु : एगरिकसमस्केरियस, आर्जेन्ममेटालिकम, जेल्सिमियम, आर्निका मोन्टेना, हाईपेरिकम, रसटक्स, एम्ब्राग्रिशिया, एपिसमेल, एसाफोटिडा, ब्रायटाकार्ब, ब्युफोराना, कल्केरियाफोस, कास्टिकम, केमोमिला, सिक्युटाविरोसा, काकुल्स ईन्डिका, कोनियम, हेलोनियस, केलमिया, नेट्रम म्युर, फासफोरस, रेफनस, सिकेलिकोर, टेरेन्टुलाहिस्पानिया, पिक्रिकएसिड आदि । उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य, अनुभवि तथा काउन्सिलमा दर्ताभएको चिकित्सकसंग परामर्श लिई सेवन गर्नु उचित हुन्छ । अस्तु ।

[email protected]


प्रकाशित : फाल्गुन २२, २०७४ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?