कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा सम्मेलन सुरु

काठमाडौँ — सार्क मुलुकहरुमा देखिएका आँखा स्वास्थ्य सम्बन्धि समस्या र यसको समाधानका लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलीकरण बारे राजधानीमा चार दिने बृहत अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

आँखा सम्मेलन सुरु

सिमारहित दृष्टि विषयमा आधारित १४ औ द्विवार्षिक सार्क एकेडेमी अफ अफ्थाल्मोलाेजी सम्मेलन २०१८ र नेपाल अफ्थाल्मिक सोसाइटीको २० औं वार्षिक बैठक सुरु भएको हो ।


आयोजक समितिका अध्यक्ष प्रा.डा. सुमन थापाले नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बगंलादेश, माल्दिभ्स, भुटान र श्रीलंकामा आँखाको समस्याहरु एकै खालको हुने बताए ।


सार्कलगायत विश्वका अन्य मुलुकबाट आएका नेत्रचिकित्सक, मध्यमस्तरीय आँखा स्वास्थ्यकर्मी लगायतद्वारा आँखा स्वास्थ्य सम्बन्धि अनुसन्धान, सार्कमा आँखा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिको आविष्कार, आँखामा हुने दुर्लभ रोग, अन्धोपन न्यूनीकरण र आँखामा हुने विभिन्न रोगलाई उपचार तथा निर्मूललगायतका विषयमा सम्मेलनमा अनुभव आदानप्रदान गरिनेछ ।


सम्मेलनमा २४ मुलुकका आँखा स्वास्थ्य क्षेत्रका प्रमुख नेतृत्वकर्ता, वैज्ञानिक, अनुसन्धानकर्ता, शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासीय चिकित्सक, अस्पताल प्रशासन प्रमुख आदि लगायतको सहभागिता छ ।

प्रकाशित : असार ८, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?