कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

धार्मिक प्रवृत्तिका व्यक्ति नास्तिकभन्दा चार वर्ष बढी बाँच्छन्

काठमाडौँ — नास्तिक अर्थात् धर्ममा रुचि नराख्ने व्यक्तिको तुलना धार्मिक प्रवृत्तिका व्यक्ति औसत रूपमा चार वर्ष बढी बाँच्छन् ।

धार्मिक प्रवृत्तिका व्यक्ति नास्तिकभन्दा चार वर्ष बढी बाँच्छन्

एक हजारभन्दा बढी व्यक्तिको विश्लेषण गरिएको यो अध्ययन ‘सोसल साइकोलजिकल एन्ड पर्सनालिटी साइन्स’ मा प्रकाशित छ । अमेरिकामा मृतकको लिंग र वैवाहिक स्थितिलाई ध्यानमा राख्दै यो विश्लेषण गरिएको हो ।

अध्ययनअनुसार, धार्मिक प्रवृत्तिले जीवनकालमा केही वर्षको वृद्घि हुन्छ । यो किनभने, धार्मिक प्रवृत्तिका व्यक्तिहरू थुप्रै सामाजिक संगठनमा जोडिएका हुन्छन्, सामाजिक कार्य गर्छन् । यसैले कहिले पनि एक्लोपना अनुभव गर्दैनन् । त्यस्ता दीर्घायु हुने एउटा कारण यस्तै गतिशीलता पनि हो ।

धार्मिक आयोजनामा सामेल हुँदा जोसुकैलाई पनि आफ्नो दैनिक जीवनको दबाबबाट फुर्सद पाउने अवसर मिल्छ । जुन व्यक्तिको जीवनमा यस प्रकारको अवसर आउदैन, उनिहरू प्राय: संवादहीनताका कारण भित्रभित्रै चाउरिरहेका हुन्छन् । उनीहरूलाई आफ्नो समस्या नै सबैभन्दा ठूलो लाग्छ । यस्ता व्यक्ति उदासी रोग र अन्य मानसिक रोगको सिकार हुन्छन् । यसको प्रभाव उनीहरूको शारीरिक स्वास्थ्यमा समेत पर्छ ।

अध्ययनअनुसार, धेरैजसो धर्मका थुप्रै नियमकानुन छन्, जसमा स्वास्थ्यलाई नोक्सान पुर्‍याउने अभ्यास वर्जित हुन्छन् । मद्यपान, एकभन्दा बढी साथीसँग यौनसम्बन्धजस्ता कुलत नरहेपछि रोगले पनि हत्तपत्त च्याप्न सक्दैन । साथै, धेरैजसो भजनकीर्तन, प्रार्थना लगायतका तनाव कम गर्ने उपाय हुन्छन् ।

प्रकाशित : असार १६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?