कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरिफा

काठमाडौँ — सरिफा मनसुनी फल हो । यो वाहिरवाट कठोर भए पनि भित्र धेरै नरम हुन्छ । अग्रेजीमा यसलाइ कस्टर्ड एप्पल भनिन्छ । किम्वदन्ती अनुसार सिता वनवासमा रहेको समय यो फललाइ धेरै रुचाउने गर्थिन । त्यसैले यसलाइ सिताफल समेत भनिन्छ ।

सरिफा

यो एउटा अत्यन्त राम्रो स्वादिष्ट फल हुनुको साथै धेरै औषधियगुण भएको मानिन्छ । हाम्रो शरिरलाइ स्वस्थ राख्न र रोग व्याधलिाइ टाढा राख्न यो फलको सेवनले सघाउछ ।

आयुर्वेद अनुसार यो फल पित्त नाशक, तृषा नाशक, वान्ता रोक्ने, पौष्टिक, कफ र विर्य वर्धक, मांस एवं रक्त वर्धक, तृप्तिकर्ता, वात दोष नाशक, बल वर्धक र मुटूको लागि लाभकारी हो ।
यो फल पित्तनाशक, रक्तवर्धक, विर्य वर्धक, मुटू रोगको लागि पौष्टिक तत्व युक्त हुन्छ । यसले रोगसंग लडने क्षमता बढाउछ । पित्त सम्वन्धि रोग हटाउन यसले धेरै सघाउछ ।
यसमा भिटामिन सि, बी१, बी२ आदि प्रचुरमात्रामा पाइन्छ । सरिफामा खनिजतत्व, प्रोटिन उच्च मात्रामा हुन्छ ।

शरिफामा भएको पोटासियम र म्याग्नेसियम मुटूलाइ स्वस्थ वनाउन धेरै फाइदाजनक हुन्छ । यसमा भएको पौष्टिक तत्व मुटुलाइ वलियो मात्र पार्दैन रोग रहित समेत राख्छ ।

यसमा धेरै मात्रामा भएको रेसा (फाइवर) र प्रोटिनको उल्लेख्य मात्राले उच्च रक्तचापलाइ कम गर्न र हाम्रो शरिरमा भएको कोलेस्ट्रोललाइ नियन्त्रित गर्न धेरै सघाउछ । मधुमेह पिडितहरूको लागि समेत यो फल धेरै उपयोगी मानिएको छ ।

प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट भएको सरिफाले शरिरलाइ फ्रि र्‍याडिकल्सवाट लडन सघाउछ । जसले क्यान्सर जस्तो रोगवाट वाच्न सकिन्छ ।

सरिफाको सेवनले हामीलाइ उर्जा समेत प्राप्त हुन्छ । जसले शरिरको थकाइ, हाडको कमजोरी कम हुनुको साथै मांशपेशी समेत बलियो हुन्छ । यसको सेवनले मांशपेशीको कमजोरी र थकाइ अनुभव हुदैन ।

यो फलको सेवनले पाचन प्रकृयालाइ समेत वलियो वनाउछ । कब्जियत, ग्यासको समस्या भएकाहरूको लागि यो उपयोगी हुन्छ । यसमा भएको रेसा हाम्रो पाचन तन्त्रलाइ वलियो वनाउछ । यति मात्र नभइ यसको सेवनले तौल बढ्ने समस्या समेत कम हुन्छ ।

यो फलमा प्रसस्त मात्रामा कपर र आइरन पाइन्छ । यसले गर्दा शरिरमा रगतको कमी हटाउनमा सघाउछ । यति मात्र नभएर यसले रगत सफा समेत गर्छ ।

सरिफामा भएको भिटामिन बी ६ र एन्टिअक्सिडेन्ट ले हाम्रो मस्तिष्कलाइ तिव्र पार्नुको साथै फ्रेस गर्नमा समेत सघाउछ ।

यो फल दमको विरामीको लागि समेत उपयोगी मानिन्छ ।

प्रकाशित : असार २३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?