कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

बालबालिका र भिटामिन ‘डी’

काठमाडौँ — भिटामिन ‘डी’ को पर्याप्त खुराकसँगै दूधको पर्याप्त मात्रा र कसरतजस्ता शारीरिक गतिविधिले बालबालिकामा भिटामिन डीको मात्रा बढ्छ ।

बालबालिका र भिटामिन ‘डी’

यो अध्ययन ‘ब्रिटिस जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित भएको छ, जसअनुसार हाडको बलियो होस् भन्न भिटामिन ‘डी’ को उच्च स्तर हुन आवश्यक छ । यसले धेरैजसो पुरानो रोगको जोखिमसमेत घटाउँछ ।

अध्ययनअन्तर्गत जोजो बालबालिकाको रगतको नमुना गर्मी याममा लिइएको थियो, उनिहरूमा भिटामिन ‘डी’ को स्तर सबैभन्दा बढी पाइयो । जाडो याममा भने यसको स्तर कम पाइयो । यो अनुसन्धानमा ८० प्रतिशत बालबालिकामा भिटामिन ‘डी’ को स्तर कम पाइयो ।

भिटामिन ‘डी’ को स्तर बढाउन अध्ययनकर्ताहरूले दिनहुँ अढाइ गिलास दूध खान सिफारिस गरेका छन् । साथै सातामा दुईदेखि तीन पटकसम्म माछा पनि खानुपर्छ । वनस्पति तेल खाँदा पनि फाइदा हुन्छ, किनभने यसमा भिटामिन ‘डी’ हुन्छ । बालबालिकालाई शारीरिक गतिविधि र खेलकुदमा भाग लिन हौस्याउनुपर्छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?