कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

तुलसीको बीउ

काठमाडौँ — धार्मिक रूपले पनि धेरैजसो नेपालीका आँगनमा तुलसीको मोठ हुने गर्छ । तर तुलसीको धार्मिकबाहेक आयुर्वेदिक महत्त्व पनि उत्तिकै छ । पौराणिककालदेखि नै तुलसीलाई विभिन्न रोगसँगै रोग प्रतिरोधक क्षमता बढाउनमा पनि उपयोग गर्दै आइएको पाइन्छ ।

तुलसीको बीउ

तुलसीको बीउमा प्रोटिन, ओमेगा थ्री फयाटी एसिड, फाइबर, कार्बोहाइड्रेड, भिटामिन ‘ए’ र ‘के’, खनिज तत्त्वलगायत हुन्छ । यौन रोग, उदासीपना, तनाव, माइग्रेन, मस्तिष्कको थकानलगायत समस्या निवारणका लागि यो लाभदायक मानिन्छ ।

रुघाखोकीमा समेत तुलसीको बीउको सेवनले फाइदा गर्छ । यसको बीउले पुरुषमा हुने
शारीरिक कमजोरीलाइ घटाउन सघाउँछ ।

यसको नियमित सेवनले नपुंसकताको समस्यामा समेत कमी आउँछ ।

तुलसीको बीउमा पाचक इन्जाइम र फाइबर प्रशस्त मात्रामा हुन्छ । यसको सेवनले पाचन प्रणाली बलियो हुनुका साथै भोकलाई समेत नियन्त्रण गर्छ । महिनावारी अनियमित भएका महिलाले नियमित रूपमा तुलसीको बीउ खाने गरे निकै फाइदा हुन्छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?