'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

बीबीसी

काठमाडौँ — लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब-किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

अनुशन्धानकर्ताहरुका अनुसार प्रदुषणको नकारात्मक असर उमेर अनुसार बढ्दै जाने र कम शिक्षित पुरुषहरुमा यसकोप्रभाव झनै धेरै परेको देखिएको छ । उनीहरुका अनुसार यो अध्ययन विश्वव्यापी रुपमा नै प्रासांगिक छ किनभनेविश्वका ८० प्रतिशत सहरी जनसंख्याले असुरक्षित स्तरको वायु प्रदुषणमा स्वास फेरिरहेका छन् ।

Yamaha

अदृश्य मृत्युको कारकका रुपमा हेरिएको वायु प्रदुषणका कारण विश्वभर करिब ७० लाख नाबालक शिशुहरुको ज्यानगइरहेको विश्व स्वास्थ्य स‌ंगठनको दाबी छ ।

प्रदुषणले अल्जाइमर र डिमेन्सिया जस्तो मस्तिष्कको रोगलाई पनि बढाउने अनुशन्धानकर्ताहरुले दाबी गरेका छन् । यस्तै यसअघि २०१० देखी २०१४ सम्म गरिएको अध्ययनले बालबालिकाको सिक्ने क्षमतामा पनि वायु प्रदुषणले असर गर्ने देखिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उत्तर कोरियाद्वारा जापानी पर्यटक मुक्त

उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने विदेशी पर्यटकलाई कडा निगरानी गर्दै आएको छ ।
बीबीसी

टोकियो — उत्तर कोरियाले करिब एक महिनाअघि पक्राउ गरेका जापानी पर्यटकलाई मानवताका आधारमा सोमबार मुक्त गरेको जनाएको छ ।

उत्तर कोरियाले सोमबार मुक्त गरेका जापानी पर्यटक तोमोयुकी सुगिमोतो । तस्बिर : रोयटर्स

जापानी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले जापानका भिडियोग्राफर तोमोयुकी सुगिमोतोलाई मुक्त गरेको हो । उत्तर कोरियाका अनुसार उनी सैन्य अखाडा नजिकै भिडियो क्यामेरा चलाइरहेको बेला पक्राउ परेका थिए ।


कानुन उल्लंघन गरेपछि तोमोयुकीलाई पक्राउ गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ । सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले कैयौं जापानी नागरिकलाई नियन्त्रणमा लिएपछि चिसिएको दुई देशको सम्बन्ध प्योङयाङको परमाणु अस्त्र कार्यक्रमपछि थप अपहरण गरेकाले दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने पर्यटकलाई कडा निगरानी गर्ने गरेको छ । कतिपय अवस्थामा पर्यटकलाई पक्राउ गरी राजनीतिक मोलमोलाइमा समेत प्रयोग हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


यसअघि होटलमा चोरी गरेको आरोपमा पक्राउ परेका अमेरिकी विद्यार्थी उत्तरले नियन्त्रणमा लिएका सबैभन्दा चर्चित बन्दी हुन् । मुक्त गरिएलगत्तै गम्भीर बिरामी अवस्थामा घर फर्किएका उनको लगत्तै मृत्यु भएको थियो ।


३० को दशकका तोमोयुकी पश्चिमी तटीय क्षेत्रमा पर्ने नाम्पो भ्रमणका बेला पक्राउ परेको हुन सक्ने रोयटर्सले जनाएको छ ।


नाम्पोमा उत्तर कोरियाको जलसेनाको अखडाका साथै हतियार कारखाना छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार उनको ‘सजाय खुकुलो बनाउँदै’ आफ्नो देश फिर्ता गरिएको हो ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT