कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

सुत्नुअगाडि संगीत सुन्नु राम्रो

काठमाडौँ — संगीतलाई यसै पनि निकै रोगको उपचारमा रामवाणका रूपमा लिइन्छ । मुटुको स्वास्थ्यका लागि पनि यो उत्तिकै प्रभावकारी हुन्छ । आफूलाई मन परेको धुन वा गीत सुत्नुभन्दा अगाडि सुन्ने व्यक्तिहरूको मुटु निकै निरोगी हुने रहेछ ।

सुत्नुअगाडि संगीत सुन्नु राम्रो

यो कुरा भारतीय अनुसन्धाताहरूले बताएका हुन् र उनीहरूको अनुसन्धान ‘युरोपियन सोसाइटी अफ कार्डियोलजी कांग्रेस, २०१८’ मा प्रस्तुत गरिएको हो ।


उक्त अध्ययन अनुसार, सुत्नुभन्दा अगाडि अझ योग संगीत सुन्नु भनेको राम्रो म्युजिकथेरापी हो । यसो गर्दा मुटुको चालमा सकारात्मक प्रभाव पर्ने गर्छ ।

पेनकिलरले हार्ट अटयाकको जोखिम
सामान्यत: उपयोग गरिने पेनकिलरका कारण हार्ट अटयाक र स्ट्रोकको जोखिम बढन सक्ने दाबी हालैको एउटा अध्ययनले गरेको छ । ‘बीएमजे’ मा प्रकाशित उक्त अनुसन्धान अनुसार, पीडा हटाउन खाइने औषधिमा हुने डाइक्लोफेनेक निकै हानिकारक हुन्छ ।

डेनमार्कको आरहुस विश्वविद्यालय अस्पतालका अनुसन्धाताहरूका अनुसार, डाइक्लोफेनाकको हानिबारे जानकारी दिन यसको प्याकेटमा सम्भावित जोखिमबारे उल्लेख हुनु अत्यावश्यक छ । पेनकिलरका रूपमा बरु पारासिटामोल वा अन्य दुखाइनाशक औषधि उपयोग
गर्नु राम्रो हुने उनीहरूले सुझाएका छन् ।


डाइक्लोफेनाक दुखाइ र सुन्नाइको उपचारका लागि परम्परागत ‘नन–स्टेरोइड एन्टि–इन्फ्लामेन्टरी’ औषधि हो ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?