कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषित हावा र मृगौला

कान्तिपुर संवाददाता

काठमाडौँ — अचेल के गाउँ के सहर, स्वच्छ हावामा सास फेर्न पाउनु सपनासरि हुँदै गएको छ । गाउँमा तै बरु, सहरमा यो कुरा दु:स्वप्न भइसकेको छ । प्रदूषित हावाले सबैतिर बासिन्दालाई इन्तु न चिन्तु बनाइरहेको छ । त्यो अकारण पनि छैन ।

प्रदूषित हावा र मृगौला

एउटा अध्ययन अनुसार, प्रदूषित हावामा सास फेरिरहँदा मृगौलालाई नोक्सान पुग्ने गर्छ । त्यस्तो हावामा केही त्यस्ता हानिकारक रसायन हुन्छन्, जुन हामीले सास फेर्दा शरीरभित्र गई मृगौलालाई बेफाइदा गर्छन् । त्यस्ता केही पर्यावरणीय प्रदूषक हावामा तीव्र गतिले फैलिने गर्छन् ।


यो अध्ययन ‘क्लिनिकल जर्नल अफ दी अमेरिकन सोसाइटी अफ नेफ्रोलजी’ मा प्रकाशित छ । त्यस अनुसार, पर एन्ड पालीफ्लोरोअल्काइल सब्स्टान्सेज (पीएफएएस) औद्योगिक प्रकृया र उपभोक्ता उत्पादनमा उपयोग हुने नन–बायोडिग्रेडेबल (स्वाभाविक रूपले नकुहिने) पदार्थको एउटा समूह हो र यो हरेक ठाउँको पर्यावरणमा हुने गर्छ । हामी दूषित माटो, पानी, खाना र हावाका माध्यमले पीएफएएसको सम्पर्कमा पुग्ने गर्छौं ।


यो निष्कर्षमा पुग्नुअघि अनुसन्धाताहरूले यसअघिका ७४ अध्ययनको गम्भीर समीक्षा गरेका थिए, जसमा पीएफएएस–मानिस सम्पर्कसँग जोडिएका थुप्रै प्रतिकूल प्रभावबारे उल्लेख थियो । यी प्रभावहरूमा मृगौला सही रूपले काम नगर्नु, मृगौलाको नजिकको नलीहरूमा गडबडी र मृगौलाको रोगसँग जोडिएको मेटाबोलिक मार्ग बिग्रनु सामिल छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?