कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुला

काठमाडौँ — हाम्रा घरघरमा ‘मुला खाई वन पस’ आहान निकै लोकप्रिय भए पनि यो जिनिस कम गुणकारी हुन्न । 
सामान्य लाग्ने र बोलीचालीमा प्राय: हियाइने मुला औषधीय गुणले परिपूर्ण हुन्छ ।

मुला

यसलाई दैनिक आहारामा सामेल गर्दा निरोगी हुन मद्दत मिल्ने गर्छ ।


मुलाको महत्त्व परापूर्वकालदेखि नै बुझिँदै आएको पाइन्छ । तीन हजार वर्षभन्दा अघिको चिनियाँ लेखोटमा यसको उल्लेख पाइएको छ । धेरै प्राचीन चिनियाँ र युनानी व्यञ्जनहरूमा यसको प्रयोग हुन्थ्यो । उति बेलैदेखि यसलाई भोक बढाउने मानिन्थ्यो । आयुर्वेदमा यसलाई स्वास्थ्यको मूल बताइएको छ ।


मुलामा क्याल्सियम, प्रोटिन, सल्फर, आयोडिन, आइरन, जिंक पर्याप्त मात्रामा पाइन्छ । यसमा सोडियम फोस्फोरस, म्याग्नेसियम र क्लोरिनसमेत हुन्छ । मुलामा पाइने फाइटोकेमिकल, एन्थोसाइनेन्सले क्यान्सरको जोखिम कम गर्छन् । यसमा प्रशस्त मात्रामा फलिक एसिड, भिटामिन सी, बी कम्प्लेक्स, एथोकाइनिन पाइन्छन् । यी तत्त्वले शरीरलाई क्यान्सरसँग लड्न सघाउने गर्छन् ।


मुलामा एन्टिहाइपरटेन्सिभ गुण हुन्छ । यसले गर्दा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत मिल्छ ।

मुलामा पोटेसियम निकै बढी मात्रामा हुन्छ । यसले गर्दा मुला खाए शरीरमा सोडियम पोटेसियमको अनुपातलाई सन्तुलित भई रक्तचाप सही ठाउँमा बस्ने गर्छ । यो फाइबर अर्थात् रेसाको राम्रो स्रोत हो । यसमा भएको पदार्थले इन्सुलिनलाई नियन्त्रण गर्ने काम गर्छ ।


मुला कम ग्लाइसेमिक इन्डेक्सका लागि चिनिन्छ । अर्थात्, यो खाँदा ब्लड सुगरमा असर पर्दैन । मधुमेह भएकाहरूले दिनहुँ मुला खानु निकै उपयुक्त मानिन्छ ।


यसमा डाइयुरेटिक अर्थात् मूत्रवर्धक गुण हुन्छ । त्यसैले मुला खानु मृगौलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सघाउँछ ।


पाइल्स भएका बेला मुला खानु अति फाइदाजनक हुन्छ । पाइल्स कब्जियतका कारण हुने गर्छ । मुला वा मुलाको पात नियमित रूपमा खाँदा कब्जियत हुन पाउँदैन । आन्द्रा स्वस्थ हुन्छ, पाचनप्रणाली तन्दुरुस्त भइरहन्छ । फलस्वरूप पेट र कलेजो स्वस्थ भइरहन पाउँछन् ।


मुलामा ननडाइजेस्टेबल कार्बोहाइड्रेट हुन्छ । यसमा क्यालोरी समेत कम हुन्छ । यसले बोसोलाई एकत्रित हुन दिँदैन । यिनै गुणहरूका कारण मुला शारीरिक तौल नियन्त्रणमा पनि उपयोगी मानिन्छ ।

यसमा भएको एन्टिब्याक्टेरियल गुणले रगतलाई शुद्घ पार्ने गर्छ ।


अनुहारमा डन्डीफोर आदिले दु:ख दिएका बेला मुला खाँदा त्यस्तो समस्या हटदै जान्छ । यही कारण मुलालाई सौन्दर्यवर्धकसमेत मानिन्छ ।


  • क्यान्सरसँग लड्न सघाउँछ
  • मधुमेहका रोगीलाई उपयुक्त हुन्छ
  • रक्तचाप नियन्त्रण गर्छ
  • ब्लड सुगरमा असर पर्दैन
  • शरीरबाट विषाक्त पदार्थ निकाल्छ
  • पाइल्स हुन पाउँदैन
  • डन्डीफोर, कालो पोता हटाउँछ


प्रकाशित : मंसिर १५, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?