कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा ओठ र गाला फुटे घरमै हुन्छ औषधि

‘जाडोमा ओठ वा गाला फुटे दूधको तर र बेसार मिसाएर दल्नुपर्छ’
अतुल मिश्र

काठमाडौँ — जाडो बढेसँगै छाला सुक्खा हुनु, ओठ र गाला फुट्नु सामान्य हो। यो मौसममा यस्ता समस्या प्रायःलाई हुने गर्छ।

जाडोमा ओठ र गाला फुटे घरमै हुन्छ औषधि

छाला सुक्खा हुने समस्या हटाउन खासै केही गर्नुपर्दैन। आफ्नै घरमै भएका दैनिक उपभोग्य सामग्रीबाट यसबाट छुटकारा पाउन सकिन्छरु। केवल जा“गर देखाउनु अत्यावश्यक छ।


आयुर्वेदका अनुसार, जाडो याममा शरीरमा वायु बढ्ने गरेकाले छालाको सुक्खापन पनि बढ्ने गर्छ।

‘वायु बढ्नु भनेको रुक्ष गुण अर्थात् रुखोपन बढ्नु हो। रुखोपनको विरोधी हो चिल्लोपन अर्थात् स्निग्ध गुण हो,’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, ‘त्यसैले अरू बेला चिल्लो नखाने भए पनि स्वस्थ व्यक्तिले जाडो याममा उपयुक्त हिसाबले चिल्लो पदार्थ सेवन गर्नुपर्छ। यसो गर्दा छालाको सुक्खापन हट्दै जान्छ।’


ओठ र गाला शरीरका अन्य भागको छालाभन्दा बढी संवेदनशील हुन्छन्। यसको अर्थ हो( यो मौसममा ओठ र गालालाई बढी स्याहारको आवश्यकता पर्छ। यिनलाई कोमल र मुलायम बनाइराख्नु चुनौती हुने गर्छरु। यसमा आयुर्वेदअन्तर्गतको घरेलु प्रक्रियाले सघाउन सक्छ।


‘जाडोमा शीत गुणसँगै वातदोषको वृद्धि हुन्छ, जसका कारण शरीरमा रुक्षता, खारताजस्ता लक्षणहरू उत्पन्न हुन्छन्,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका निर्देशक डा. सिद्घार्थ ठाकुर भन्छन्, ‘रुक्षता, खारता आदि बढ्नाले छाला फुट्ने, रुखो हुनेजस्ता देखिने गर्छन्। आयुर्वेद र घरेलु उपाय अपनाएर यी समस्याबाट मुक्ति पाउन सकिन्छ।’


जाडो याममा छालामा देखिने सुक्खापन हटाउन चिल्लो खाने मात्र नभई नौनी, तर, तेल, घ्यू आदि बाहिरी रूपमा समेत शरीरमा लगाउनुपर्ने आवश्यकता डा. उपाध्याय औंल्याउँछन्। अझ जाडोले सुक्खा भएका ओठ, गाला लगायत फुटेर घाउ हुँदा समस्या झन जटिल बन्छरु। यस्तोमा फुटेका ठाउँमा दुख्ने, त्यहाँबाट रगत आउने पनि हुन सक्छ।


‘सुक्खाले गर्दा घाउ भएको ठाउ“मा तरमा बेसार मिलाएर दल्नुपर्छ,’ डा. उपाध्याय भन्छन्, ‘सम्भव छ भने, गाउ“घरमा पाइने सालको खोटोलाई अलिकति पगालेर नौनी, घ्यू वा तरसँग मिसाएर लगाउ“दा पनि समस्या समाधान हुन्छ।’


रगतको अशुद्घिले गर्दासमेत छालामा सुक्खापन बढ्दै जाने गर्छरु। चिसोमा रगत अशुद्घिको सम्भावना बढ्छ। यस्तो भएमा नीमको बोक्रा पकाएर ३० देखि ४० मिलिलिटर पिउनु राम्रो मानिन्छ। त्यही पानीले छाला सफा गर्न पनि सकिन्छ। यसपछि बेसारमा तर आदि मिसाएर त्यो ठाउँमा लगाउन सकिन्छ।


पहाडमा पाइने चुत्रोको जराको बोक्रालाई पकाएर लगाउन र निश्चत मात्राअनुसार पिउनसमेत सकिन्छ। बेसार, तुलसीको पात बिहान चियाजस्तै पकाएर खाली पेटमा खाँदा सुक्खापनको समस्यामा कमी ल्याउन सकिने डा. उपाध्याय सुझाउँछन्। राति सुत्ने बेला तेल, तर वा घ्यू र बेसार मिसाएर अनुहारसहित शरीरका अन्य भागमा लगाउनाले समेत फाइदा पुग्छ।


यस्तो समस्या नहोस् भन्न जाडो याममा सकभर साबुन नचलाउन चिकित्सकहरू दिन्छन्रु। साबुनको बढी उपयोगले छालामा सुक्खापनको समस्या बढाउँछ। साबुनको सट्टा नीमको धुलो, बेसारको धुलो, तर मिसाएर यसलाई जीउमा दलेर पखाल्दा धेरै फाइदा पुग्ने डा. उपाध्याय अाैंल्याउँछन्।


यो मौसममा हर्रो, बर्रो, अमलाको धुलो अर्थात् त्रिफला चूर्ण सेवन गर्नु पनि फाइदाजनक हुन्छरु। राति सुत्ने बेला वयस्क व्यक्तिले तीन ग्रामजति त्रिफला चूर्ण एक सय मिलिलिटर पानीमा पकाएर खानुपर्छरु। ‘यसो गर्दा वात, पित्त र कफ दोष घट्दै जान्छ,’ डा. उपाध्याय भन्छन्।


प्राणायाम गर्दा पनि छालाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउँदै जान्छ।


ओठ र गाला फुट्ने एउटा महत्वपूर्ण कारक तपार्इंको शरीरमा उपयुक्त पानीको अभाव हुनुसमेत हुन सक्छ। शरीरमा पानीको कमी भए छालाले ओसिलोपन गुमाउन थाल्छ। अनि छाला फुटै जान्छ। यसैले जाडो याममा पनि अनुकूल हुने गरी पर्याप्त मात्रामा पानी खानुपर्ने डा. ठाकुर बताउँछन्। यसो गर्दा शरीरमा पानीको कमी हुन पाउ“दैन र छालाको ओसिलोपन यथावत् रहिरहन्छ।


जाडो याममा छालाको रुखोपन हटाउन तेल मालिस पनि उपयुक्त हुन्छ। नियमित रूपमा मालिस गर्न सके छालाको सौन्दर्य एवं प्राकृतिक स्वरूप नष्ट हुन पाउँदैन । छाला चिलाउने समस्यासमेत हराउँदै जान्छ। मालिसका लागि औषधसिद्ध तेल या सामान्य तिलको तेल प्रयोग गर्न सकिन्छ। यो याममा छालाको स्वास्थ्य दृष्टिगत गर्दै सम्पूर्ण शरीरमा तेल मालिस गरेर तातो पानीले नुहाउनु उत्तम हुन्छ।


[email protected]

प्रकाशित : पुस १४, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?