कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टल नगरी गेम खेल्न सकिने

हेलो टेक

काठमाडौँ — गुगल–प्ले स्टोरले प्रयोगकर्तालाई इन्स्टल नगरी पनि मोबाइलमा गेम खेल्न मिल्ने सुविधा दिने भएको छ । केही स्थानमा यसको परीक्षण पनि भइरहेको छ ।

इन्स्टल नगरी गेम खेल्न सकिने

१० एमबीसम्म फाइल साइज भएका केही गेमहरूलाई इन्स्टल नगरी खेल्न सकिनेछ । अहिले सीमित गेमहरूमा मात्रै यो सुविधा छ ।

क्लास रोयल, वल्र्ड विथ फ्रेन्ड्स टु, पान्डा पप, बबलबीच थ्री सागाजस्ता गेममा अहिले यो सुविधा छ । अन्य गेम डेभलपरहरूले पनि प्ले स्टोरको नियमसँग मिल्ने गरी गेम बनाएमा यस्तो सुविधा राख्न सकिने प्ले स्टोरले जनाएको छ ।

यस्तो फिचरले प्रयोगकर्ताले ठूलो साइजको गेम डाउनलोड नगरी यसलाई प्रयोग गरी मन परेमा मात्रै डाउनलोड गर्न सक्छन् । डाउनलोड अघि ‘ट्राई नाउ’ फिचर प्रयोग गर्न राम्रो इन्टरनेट स्पिड भने आवश्यक हुनेछ ।

प्रकाशित : चैत्र ९, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?