कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकिपेडियामा प्रिभ्यु

काठमाडौँ — जानकारीको भण्डार विकिपेडियाले आफ्ना प्रयोगकर्ताका लागि सजिलो हुने नयाँ फिचर सुरु गरेको छ । विकिपेडियामा जानकारीका लागि पढ्दा हुने रिफ्रेन्स लिंकमा जान यसअघि प्रयोगकर्ताले क्लिक गरी छुट्टै पेजमा जानुपर्ने हुन्थ्यो तर अब भने यो बाध्यता रहेन ।

विकिपेडियामा प्रिभ्यु

प्रयोगकर्ताले थप जानकारीका लागि रिफ्रेन्स लिंकमा माउसको क्रसर राख्दा खुल्ने पपअप विन्डोबाट उक्त लिंकबारेको छोटो जानकारी पाउन सक्नेछन् । यो सुविधा अहिले अंग्रेजी भाषाका सामग्रीमा मात्रै उपलब्ध छ । यो फिचर विकिपेडियाले पछिल्लो पटक गरेको सबभन्दा ठूलो परिवर्तन हो । यसले प्रयोगकर्तालाई रिफ्रेन्स लिंकमा भएको जानकारी पढ्न सहज बनाइदिएको छ । विकिपेडियाले भने यो फिचर अहिले परीक्षणका क्रममा रहेको जनाएको छ । यो फिचरलाई प्रयोगकर्ताले डिसेबल नगरेका कारण रुचाएको हुन सक्ने विकिपेडियाको विश्लेषण छ ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?