कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेलेब्रिटी रोजाइ

काठमाडौँ — विश्वकपमा सधैं दाबेदारका रूपमा प्रस्तुत हुने अर्जेन्टिनाको खेल हेर्न उत्साहित हुन्छु । छोरी र मैले जर्सी किन्ने निधो गरिसक्यौं । यसपालि लियोनल मेसीको अन्तिम विश्वकप हो क्या रे । त्यसैले पनि बढी चासो लागिरहेको छ ।

सेलेब्रिटी रोजाइ

अर्जेन्टिना प्यारो


-प्रशान्त ताम्राकार, कलाकार
उनको नेतृत्वमा अर्जेन्टिनाले जित्यो भने गजब हुनेवाला छ । फुटबलकै विषय समेटिएको ‘क्याप्टेन’ फिल्ममा म प्रशिक्षकको भूमिकामा छु, सुटिङ चलिरहेको छ । यस कारण पनि यो विश्वकप मेरा लागि अर्थपूर्ण छ ।

खासै थाहा छैन


-स्वस्तिमा खड्का, अभिनेत्री
म सानोमा ब्राजिलको फ्यान थिएँ । किन थिएँचाहिँ थाहा छैन । पछि स्पोर्ट्समा रुचि हुन छोड्यो । वल्र्डकप हेर्न छाडेको धेरै भइसक्यो । पछिल्लो सिजन पनि हेरिनँ । घरमा दाजुभाइले हेर्थे, मलाई वास्तै हुँदैनथ्यो । म कुनै टिम, फुटबल क्लब वा खेलाडी चिन्दिनँ । यसपालिको वल्र्डकपबारे मलाई केही थाहा छैन । तर, म्याच सुरु भएपछि जबर्जस्ती अपडेटेड भइन्छ, जताततै यसकै कुरा हुन्छ नि ।


जालझेल मन पर्दैन


-मिङ्मा शेर्पा, गायक
दिनदिनै नहेरे पनि विश्वकपको फाइनल खेल छुटाउँदिनँ । अर्जेन्टिना पहिलेदेखि नै मनपथ्र्यो । उनीहरू अनुशासित भएर खेल्छन् । मलाई गेममा जालझेल गरेको मन पर्दैन । फेयर खेल्ने र गेममा मिहिनेत देखाउने खेलाडी राम्रो लाग्छ । अघिल्लो वल्र्डकपको फाइनल मैले वसन्तपुरमा हेरेको थिएँ । ठूलो क्रिनमा धेरै मान्छेसँग हेर्दा मज्जा आउँछ ।


यसपालि इंग्ल्यान्डको पक्षमा


-असिम शाह, फिल्म निर्देशक
फुटबलको यो महोत्सव हेरिएन भने समाजले स्विकार्दैन होला । म अर्जेन्टिना र ब्राजिलको समर्थन गर्दै हुर्केको हुँ । दुवै फाइनल पुगे भनेचाहिँ अर्जेन्टिना रोज्छु । सानैदेखिको फेभरेट भएको र कुनै बेला अर्जेन्टिनाकै जर्सी लाएर मैदानमा उत्रिएकाले पनि मलाई यो टिमप्रति विशेष लगाव छ । अर्जेन्टिनाले जित्छ भनेर कतिचोटि बाजी थापेको अनुभव छ । तर, यसपालि इंग्ल्यान्डको सर्पोट गर्दै छु । फुटबल क्लबमध्ये मलाई म्यानचेस्टर युनाइटेड मनपर्छ ।


फुटबल ज्ञान शून्य छ


-स्यारोन श्रेष्ठ, अभिनेत्री
फुटबल खेलाडीमध्ये मैले चिन्ने भनेको लियोनल मेसी, पाल पोग्बा र क्रिस्टियानो रोनाल्डो मात्रै हुन् । यिनीहरू जता छन्, त्यही टिमको सपोर्ट गर्छु । फुटबलसम्बन्धी मेरो सामान्य ज्ञान शून्य छ । स्पोर्ट्स च्यानल कहिल्यै हेर्ने गरेको छैन । फिफा वल्र्डकप आउन लागेको भन्ने सुनेको छु । तर कहिले हो, के हो थाहा छैन । म्याचको बेला चाहिँ अरूले गफ गरेको सुनेरै धेरथोर थाहा पाइन्छ । म स्पोटर्सपर्सन होइन, यसमा पटक्कै रुचि छैन ।


अनुशासितलाई समर्थन


-आस्था राउत, गायिका
बच्चा बेलामा डेभिड बेकह्यामका कारण म इंग्ल्यान्डको समर्थक थिएँ । दाजुभाइहरू अर्कै देशको पक्षमा भएकाले इंग्ल्यान्डले हार्दा खुच्चिङ भन्नुहुन्थ्यो, म रुन्थें । बेकह्यामको नाम र फोटो भएकाले जर्सी नकिन्दिँदा पनि धेरै रुवाबासी गरियो । जर्मनीका तत्कालीन गोलकिपर ओलिभर कान मलाई मनपर्ने अर्का खेलाडी थिए । कुनचाहिँ खेलमा पो हो, सुसाइड गोल हुँदा उनी रोएका थिए, म पनि यता रोएँ । विस्तारै मलाई के लाग्यो भने केही चिजलाई लिएर यस्तो अन्धोभक्त हुनुहुँदैन । त्यसयता म अनुशासित भएर जसले खेल्छ, उसकै पक्ष लिन थालेकी छु ।


अर्जेन्टिनाले जित्ने आशा


-गौरव पहारी, अभिनेता
फुटबल हेर्ने, खेल्ने दुवै गर्छु । मेरो फेभरेट फुटबल क्लबचाहिँ रियल म्याड्रिड हो । रियलको खेल मनपर्छ । सबै प्लेयर ठीक लाग्छन् । क्रिस्टियानो रोनाल्डो, करिम बेन्जमा, सर्जियो रामोस सबै मनपर्छ । वल्र्डकपमा अर्जेन्टिनाको पक्षमा हुन्छु । सन् २०१४ मा अर्जेन्टिनाले राम्रो खेल्दाखेल्दै पनि लास्टमा जर्मनीसँग हारिहाल्यो । साह्रै चित्त दुखेको थियो । यसपालि जित्छ भन्ने आस छ । म स्कुल हुँदादेखि नै फुटबल खेल्थें । अचेल फुटसलतिर लागेको छु ।
प्रस्तुति : सजना बराल

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?