कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टाग्राममा ‘रि–पोस्ट’

हेलो टेक

काठमाडौँ — इन्स्टाग्रामले आफ्नो नयाँ अपडेटमा एउटा नयाँ फिचर थपेको छ । यो फिचरले प्रयोगकर्ताले आफू ट्याग भएको स्टोरिजलाई आफ्नो प्रोफाइलमा रि–पोस्ट गर्ने सुविधा दिनेछ । प्रयोगकर्ताले आफूलाई ट्याग नभएको अरूको स्टोरिज फेरि पोस्ट भने गर्न पाउने छैनन् ।

इन्स्टाग्राममा ‘रि–पोस्ट’

‘कुनै प्रयोगकर्तालाई कसैले आफ्नो स्टोरिजमा ट्याग भए, उनीहरूले त्यसको नोटिफिकेसन पाउनेछन्,’ इन्स्टाग्रामको ब्लगमा भनिएको छ, ‘उनीहरूले सोही नोटिफिकेसनमा क्लिक गरी रिपोस्ट गर्ने फिचर प्रयोग गर्न सक्छन् ।’ यो सुविधा भने पब्लिक इन्स्टाग्राम एकाउन्टमा मात्रै लागू हुनेछ । एकाउन्ट प्राइभेट गरेका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?