कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यालेक्सी एस नाइन अगाडि

हेलो टेक

काठमाडौँ — अप्रिल महिनामा सामसुङको ग्यालेक्सी एस नाइन एप्पलको आइफोन टेनलाई उछिन्दै बजारमा नम्बर एक भयो । मार्केट पल्सले सार्वजनिक गरेको रिपोर्टअनुसार अप्रिलमा बिक्रीका हिसाबले सामसुङको ग्यालेक्सी एस नाइन प्लस, एस नाइनपछि बल्ल आइफोन टेन छ । तर, सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सूचीमा एप्पलको दबदबा कायमै छ ।

ग्यालेक्सी एस नाइन अगाडि

अप्रिल महिनामा धेरै बिक्री भएका १० स्मार्टफोनमध्ये ५ मोडल एप्पलकै छन् । एप्पलको आइफोन एट प्लस, आइफोन एट, आइफोन सिक्स हाल सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा छन् । चिनियाँ स्मार्टफोन निर्माता साओमीको रेडमी फाइभ र रेडमी फाइभ प्लस पनि सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सूचीमा समावेश छ ।

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?