इन्स्टाग्राममा आईजीटीभी

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — इन्स्टाग्रामले यो साता नयाँ फिचर सुरु गरेको छ । प्रयोगकर्ताका लागि लामो भिडियो राख्न र हेर्न मिल्ने सुविधालाई उसले आईजीटीभी नाम दिएको छ । इन्स्टाग्राममा लोकप्रिय रहेको छोटा–छोटा भिडियोभन्दा फरक यसमा लामा भिडियोहरू हेर्न सकिन्छ । इन्स्टाग्राम एपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर भेट्न सक्छन् ।

यसले हरेक प्रयोगकर्तालाई आफ्ना च्यानल बनाउने र लामो भिडियो अपलोड गर्ने सुविधा दिन्छ । साथै, अरूले अपलोड गरेका लामा भिडियो हेर्न पनि सकिन्छ । यसमा भर्टिकल भिडियो मात्रै अपलोड गर्न मिल्छ ।


मोबाइलमा लामो भिडियो हेर्न सजिलो होस् भन्नका लागि यसो गरिएको इन्स्टाग्रामले जनाएको छ । प्रयोगकर्ताले च्यानल बनाउन मिल्ने, अरूले च्यानल बनाएर राखेको भिडियो हेर्न मिल्ने भएकाले भविष्यमा यसले लोकप्रिय भिडियो सेयरिङ साइट इन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्ने विश्लेषकहरूको अनुमान छ ।

प्रकाशित : असार १५, २०७५ १०:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुगल अर्थमा दूरी मापक

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — बानेश्वरदेखि बौद्ध कति किलोमिटर छ ? स्वयम्भूदेखि रत्नपार्क कति टाढा पर्ला ? प्रयोगकर्ताको यस्तै खालको जिज्ञासा मेटाउने गरी गुगल अर्थले नयाँ फिचर सुरु गरेको छ । दूरी नाप्ने यो सुविधा अहिले गुगल अर्थको क्रोम र एन्ड्रोइड भर्सनमा मात्रै उपलब्ध छ ।



यसमा प्रयोगकर्ताले डिस्ट्यान्स मेजर अप्सनमा छानेर कुन ठाउँदेखि कुन ठाउँसम्मको दूरी जान्नुपर्ने हो छान्न सक्छन् । यसमा एक ठाउँदेखि अर्को एक ठाउँसम्मको दूरी मात्रै होइनन् कि प्रयोगकर्ताले विभिन्न ठाउँको दूरी एकै पटक नाप्न पनि सक्छन् । एउटा पार्क वा चोकको गोलाइ, लम्बाइ, एउटा बस्तीको क्षेत्रफलसमेत यसमा नाप्न सकिन्छ ।

प्रकाशित : असार १५, २०७५ १०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT