कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

ट्वीटर सोझै फेसबुकमा सेयर गर्न नमिल्ने

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — धेरै ट्वीटर प्रयोगकर्ताहरू आफ्नो फेसबुक एकाउन्ट ट्वीटर एकाउन्टमा लिंक गरी आफ्ना हरेक ट्वीट फेसबुकमा सेयर गर्ने गर्छन् । यसो गर्दा प्रयोगकर्तालाई एउटै पोस्ट दुई पटक लेख्ने झन्झट हुँदैन ।

ट्वीटर सोझै फेसबुकमा सेयर गर्न नमिल्ने

तर, फेसबुकले आफ्नो पछिल्लो अपडेटमा यो सुविधा हटाएको छ । प्रयोगकर्ताले अब ट्वीटरका पोस्ट फेसबुकमा सीधै पोस्ट गर्न सक्ने छैनन् ।


फेसबुकको यो कदमबारे आफ्ना प्रयोगकर्तालाई ट्वीटमार्फत जानकारी गराउँदै ट्वीटरले अन्य माध्यमबाट सेयर गर्न सुझाएको छ । हरेक ट्वीटको छेउमा रहने अप्सनमा गई ट्वीटको यूआरएल कपी गरी अन्य प्रयोगकर्तालाई ट्वीट सेयर गर्न सकिने ट्वीटरको सुझाव छ ।

प्रकाशित : श्रावण २५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?