ट्वीटरमा अनलाइन फिचर

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वीटरमा पनि आफूलाई फलो गरेका प्रयोगकर्तामध्ये को अनलाइन छ भनेर हेर्न मिल्ने फिचर आउने भएको छ । ट्वीटरको यस्तो फिचर फेसबुकको म्यासेन्जरजस्तै हुने अनुमान गरिएको छ ।

ट्वीटरका संस्थापक ज्याक डोर्सीले यसै साता ट्वीटमार्फत ट्वीटरमा तत्काल को अनलाइन छ भनेर हेर्न मिल्ने फिचरसहित अर्को फिचर पनि चाँडै आउने उनले संकेत गरेका छन् । थ्रेडिङ नामक फिचरले प्रयोगकर्तालाई कुनै ट्वीटर थ्रेड सजिलै पढ्न मिल्ने सुविधा दिने ट्वीटरकी हेड अफ प्रोडक्ट सारा हैदरले ट्वीट गरेकी छन् ।

Yamaha

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ आइफोन

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलले बुधबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । आइफोनले १२ सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने जनाएको छ ।

विभिन्न सञ्चारमाध्यमले विश्वस्त स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार कम्पनीले यो वर्ष तीन वटा नयाँ आइफोन सार्वजनिक गर्नेछ । जसमा आइफोन टेनजस्तै ठूलो स्क्रिनसहितको एक आइफोन र दुई त्योभन्दा साना स्क्रिन र कम मूल्यका आइफोन सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ । यसबाहेक आफ्ना अन्य केही उत्पादन पनि कम्पनीले सार्वजनिक गर्न सक्छ ।


बजारमा एप्पलको प्रतिस्पर्धी सामसङले केही साताअघि मात्रै आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको थियो । एप्पलको नयाँ उत्पादनले सामसङको पछिल्लो नोट नाइनसँग बिक्रीमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT