कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिक्स टी स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर

हेलोटेक

काठमाडौँ — अबको केही सातामै सार्वजनिक हुने अपेक्षा गरिएको फोन वान प्लस सिक्स टीको स्क्रिनमै पिंmगर प्रिन्ट सेन्सर हुने भएको छ । वान प्लसले यसको पुष्टि गर्दै प्रयोगकर्ताको सहजताका लागि यस्तो सुविधा ल्याउन लागेको जनाएको छ ।

सिक्स टी स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर

प्रविधिसम्बन्धी वेबसाइट सिनेटलाई वान प्लसका प्रतिनिधिले इमेलमार्फत यस्तो जानकारी गराएका हुन् । ‘हामीले फोन दिनमा धेरै पटक खोल्नुपर्ने हुन्छ, निश्चित ठाउँमा औंलाले थिचेपछि मात्रै खुल्ने सुविधाभन्दा स्क्रिनमा जहाँ थिचे पनि खुल्ने सुविधा बढी राम्रो हुन्छ,’ कम्पनीले भनेको छ ।


कम्पनीले वान प्लस फाइभमा यो सुविधा राख्न खोजे पनि नसकिएको जनाइएको छ । सन् २०१३ मा आइफोन फाइभ एसमा पहिलो पटक फिंगर प्रिन्ट सेन्सर राखिएको थियो । त्यसयताका अधिकांश फोनमा पिंmगर प्रिन्ट सेन्सर अनिवार्यजस्तै बनेको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?