कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइभ स्ट्रिममा ट्वीटरको ध्यान

हेलो टेक

काठमाडौँ — माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो एपको सबैभन्दा माथिल्लो भागमा आफूले गर्ने लाइभ स्ट्रिम देखाउन थालेको छ ।ट्वीटर एपको पछिल्लो अपडेट प्रयोग गर्ने अधिकांश प्रयोगकर्ताले यो फिचर पाउन थालेका छन् ।

लाइभ स्ट्रिममा ट्वीटरको ध्यान

ट्वीटरले यसै सातादेखि यो फिचर सुरु गरेको बताएको छ । ट्वीटरले केही खेलकुदकासहित महत्त्वपूर्ण कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्दै आएको छ । अब प्रयोगकर्ताले यस्ता इभेन्टहरू महत्त्वका साथ हेर्न पाउनेछन् ।यस्तै, ट्वीटरले आफ्नो लाइभ स्ट्रिमिङ एप पेरिस्कोपमा पनि नयाँ सेवा सुरु गरेको छ । प्रयोगकर्ताले अब पेरिस्कोप एपमार्फत ट्वीटरमा भ्वाइस मात्रै लाइभ गर्ने सुविधा प्राप्त गर्नेछन् । तत्कालका लागि यो सेवा आईओएसमा पेरिस्कोपमा पछिल्लो संस्करण प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?