कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द हुँदै इन्बक्स

हेलो टेक

काठमाडौँ — जिमेलले ४ वर्षअघि नयाँ–नयाँ फिचरसहितको मोबाइल एप इन्बक्स सुरुवात गरेको थियो । मोबाइलमा जिमेलले नसमेटेको फिचर राखिएका कारण यो धेरै प्रयोगकताएको मनमा बस्यो पनि ।

बन्द हुँदै इन्बक्स

तर, यसै साता गुगलले यो एपलाई बन्द गर्ने घोषणा गरेको छ । केही अघि मात्रै जिमेलले आफ्नो एप जिमेलमा नै इन्बक्समा अधिकांश फिचर समेटेर सार्वजनिक गरेको छ । गुगलले जिमेल एपलाई नै डिफल्ट एपका रूपमा एन्ड्रोइड फोनमा राख्न थालेको छ ।गुगलले इन्बक्समा भएका र जिमेल एपमा नभएका केही फिचरलाई चाँडै जिमेल एपमा सुरु गर्ने जनाएको छ । पछिल्लो पटक यही वर्षको अप्रिलमा गुगलले जिमेल एपको नयाँ डिजाइन सार्वजनिक गरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?