कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकलाई कति समय ?

‘जब मानिसले अरु व्यक्तिसँग अन्तक्र्रिया गर्न र सम्बन्ध गाँस्न इन्टरनेटको प्रयोग गर्छन् तब उनले सकारात्मक अपेक्षा राखेका हुन्छन् ।’
हेलो शुक्रबार

काठमाडौँ — फेसबुकको न्युजफिड हेरेर दिनमा घण्टौं समय बिताउने धेरै छौं । अहिले फेसबुकमा प्रयोगकर्तालाई अल्झाउन धेरै थरी सामग्री छन् । साथीहरूको पोस्ट र कमेन्ट मात्रै होइन न्युजफिडमा आउने भिडियो र स्टोरिजले पनि हाम्रो समय खपत गरिरहेको हुन्छ । त्यसमाथि म्यासेन्जर डे र म्यासेजको रिप्लाई हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । फेसबुकमा आफ्नो पोस्ट गरेर साथीभाइको लाइक र कमेन्टमा रमाउनेहरू धेरै छन् ।

फेसबुकलाई कति समय ?

हामी दिनमा कति समय फेसबुकमा बिताउँछौं ? यसको ठ्याक्कै उत्तर हामी कसैसँग पनि हुन्न । मोबाइलमा फेसबुक चलाउनेहरूका लागि त दिनको धेरै समय फेसबुक चेक गर्नमा बित्छ होला । तर, यो हाम्रो मात्र समस्या होइन, फेसबुक चलाउने विश्वभरका समग्र प्रयोगकर्ताहरूको हो ।


प्रयोगकर्ताले फेसबुक दिनमा कति समय चलाए ? यसको उत्तर दिन फेसबुकले यसै सातादेखि नयाँ फिचर अपडेट गर्ने भएको छ, जसले प्रयोगकर्तालाई आफूले कति समय फेसबुक चलाए भन्ने जानकारी दिन्छ । यस्तो फिचर सबैभन्दा पहिलो एन्ड्रोइड पाईमा राख्ने घोषणा गरेको थियो । विशेषत: मानिसलाई मोबाइल दिनमा कति चलाउने भनेर स्वघोषणा गर्ने र सोहीअनुसार समय सेट गर्ने सुविधा दिन यो फिचर सार्वजनिक गरिएको थियो ।


एन्ड्रोइडले स्क्रिन टाइम भनेर यस्तो (समय तोक्ने) फिचर घोषणा गरेलगत्तै आइफोनले पनि आफ्नो आईओएसमा यस्तै खालको फिचर घोषणा गर्‍यो जसले प्रयोगकर्तालाई आफ्नो फोन कति समय चलाए, कुन एप कति समय चलाए भनेर जानकारी दिन्छ । यसलाई कम्पनीले डिजिटल वेल विइङ नाम दिएको छ ।


फेसबुकले अगस्टमा यो फिचर घोषणा गरेको थियो । ‘जब मानिसले अरू व्यक्तिसँग अन्तक्र्रिया गर्न र सम्बन्ध गाँस्न इन्टरनेटको प्रयोग गर्छन् तब मानिसले सकारात्मक अपेक्षा राखेका हुन्छन्,’ यो फिचर घोषणा गर्दै फेसबुकले भनेको थियो, ‘तर जब मानिसले निष्क्रिय रूपमा अरूको सामग्री लिन्छन् त्यो सधैं सकारात्मक हुन्छ भन्ने छैन ।’ यसको अर्थ फेसबुकमा अन्य साथी र आफन्तसँग जोडिए पनि निष्क्रियतापूर्वक अरूको सामग्री हेर्नाले मानिसमा सकारात्मक भाव पैदा नभई नकारात्मक भाव पैदा हुन्छ । आफ्नो अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै फेसबुकले यस्तो भनेको थियो ।

सोही अनुसन्धानको आधारमा फेसबुकले प्रयोगकर्ताले फेसबुकलाई उपयुक्त र निश्चित समयसम्म मात्रै प्रयोग गरुन् भन्नका लागि यो फिचर सार्वजनिक गरेको हो । यसै साता अधिकांश प्रयोगकर्तालाई यो फिचरको अपडेट पुग्ने फेसबुकले जनाएको छ । यो फिचरले प्रयोगकर्तालाई दिनमा कति समय फेसबुक चलाउने हो त्यसको समय सेट गर्ने सुविधा पनि दिन्छ ।


विश्वभरका प्रयोगकर्ता अझ भनौं युवा पुस्ताले अत्यधिक समय मोबाइल र विशेषगरी सामाजिक सञ्जालमा खर्चिएपछि यस्ता कम्पनीहरूलाई नैतिक प्रश्न उठ्ने गरेका छन् । धेरै सामाजिक सञ्जाल र मोबाइल प्रयोग गरेका कारण विश्वभरका मानिसहरू परिवार र आफन्तसँग भावनात्मक रूपमा टाढिएको र एक्लो भएको अनुसन्धान नतिजाहरू पनि सार्वजनिक भइरहेका छन् । यस्ता धेरै अनुसन्धानको समान निष्कर्ष भनेको सामाजिक सञ्जाल धेरै प्रयोग गर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक हुन् भन्ने नै हो । सामाजिक सञ्जालमा अरूको गतिविधि हेरेर अरूलाई खुसी देख्ने र आफूलाई दु:खी देख्ने बानीको विकास भएको भन्दै धेरै व्यक्तिहरू मनोविद्हरूसँगको परामर्शमा पनि पुगेका छन्, नेपालमै पनि यसको उदाहरण प्रशस्त छन् ।

फेसबुक स्वामित्वको कम्पनी इन्स्टाग्रामले भने दुई साता अघिदेखि नै यस्तै फिचर सुरु गरिसकेको छ । प्रयोगकर्ताले इन्स्टाग्रामको सेटिङमा गएर

आफ्नो एक्टिभिटीभित्र आफूले कति समय इन्स्टाग्राम चलाएँ भन्ने थाहा पाउन सक्छन् भने कति समय मात्रै चलाउने हो, त्यसका लागि समय तोकेर

राख्न सक्छन् ।


[email protected]

प्रकाशित : मंसिर ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?