कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा सुपर एचडी

काठमाडौँ — जापानमा सुपर एचडी एटके फम्र्याटमा टेलिभिजन प्रसारण सुरु भएको छ । एचकेको श्रव्यदृश्य गुणस्तर अहिले चल्तीमा रहेको एचडी (हाई डेफिनेसन) भन्दा १६ गुणा बढी हुने दाबी छ । जापानी टेलिभिजन एनएचकेले यसै साता एउटा फिल्मलाई परीक्षणको रुपमा प्रसारण गरेको छ । 

जापानमा सुपर एचडी

सन् २००१ मा रिलिज भएको फिल्म अ स्पेस अडेसीलाई एटकेमा रुपान्तरण गरी प्रसारण गरिएको हो । तर, टेलिभिजनले एटके स्वरुपमा श्रव्यदृश्य प्रसारण गरे पनि अहिले निकै थोरै मानिससँग मात्रै यसलाई जस्ताको तस्तै ग्रहण गर्ने टेलिभिजन छ । जापानी टेलिभिजनले यसलाई निरन्तरता दिंदै सन् २०२० मा हुने टोक्यो ओलम्पिकलाई एटके स्वरूपमै प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?