स्काइपमा सव–टाइटल

कान्तिपुर संवाददाता

काठमाडौँ — माइक्रोसफ्ट स्वामित्वको भिडियो कलिङ एप स्काइपले चाँडै भिडियो कलमा लाइभ सव–टाइटल फिचर समावेश गर्ने घोषणा गरेको छ । यसको अर्थ हो– एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग भिडियो कलमा बोलेका शब्दहरू तत्काल अक्षरका रूपमा देखिनेछ ।

यसले विशेषगरी, श्रवण शक्ति नभएका वा कमजोर भएका प्रयोगकर्तालाई लाभ दिनेछ । यो सुरुवाती समयमा भने अंग्रेजी भाषामा मात्रै उपलब्ध हुनेछ ।

सव–टाइटल फिचर नयाँ फिचर एन्ड्रोइड, आईओएस, म्याक र विन्डोजको स्काइपको भर्सन ८ वा त्यसको अपडेटमा उपलब्ध हुनेछ । कम्पनीले यस्तो अटो क्याप्सन वा सव–टाइटललाई २० भन्दा बढी भाषामा अनुवाद गर्न मिल्ने बनाउने पनि घोषणा गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ओप्पोको फोल्डेबल फोन

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङसहितका ठूला फोन उत्पादकहरूले फोल्डेबल (पट्याउन मिल्ने) फोन उत्पादन गर्ने घोषणा गरेपछि आगामी वर्ष यस्तै फोनको चर्चा बढी हुने पक्का छ । सामसङसहित यो दौडमा ओप्पो पनि सामेल भएको छ । क्यामेरा फोनका लागि चर्चित कम्पनीले ओप्पोले आगामी वर्ष हुने मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ ।

स्पेनको बार्सिलोनामा आउँदो फेब्रुअरी अन्तिम साता मोबाइल वल्र्ड कंग्रेस हुँदै छ । हरेक वर्ष यो अवसरमा विश्वभरका मोबाइल निर्माता कम्पनीहरूले आफ्नो नयाँ फोनको घोषणा र सार्वजनिक गर्दै आएका छन् । ओप्पोले दुई किसिमको डिजाइनको लागि प्याटेन्ट दर्ता गरेको जनाइएको छ । एउटा डिजाइन सामसङको फोल्डेबल फोनको जस्तो छ । जुन दुवै स्क्रिनमा हेर्दा ट्याबजस्तो देखिन्छ भने पट्याउँदा बाक्लो मोबाइल जस्तो । अर्को डिजाइन भने तीन स्क्रिनसहितको हुनेछ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT