कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टामा भ्वाइस म्यासेज

काठमाडौँ — इन्स्टाग्राम नयाँ पुस्तामाझ लोकप्रिय त बन्दैछ । यो थप लोकप्रिय बन्न सक्ने अर्को कारण पनि थपिने भएको छ । प्रयोगकर्ताले इन्स्टाग्राममा म्यासेज गर्न मात्रै नभई भ्वाइस म्यासेजसमेत गर्न सक्ने भएका छन् । इन्स्टाग्रामले यसै सातादेखि प्रयोगकर्तालाई एपमार्फत नयाँ फिचरको अपडेट पठाउने भएको छ ।

इन्स्टामा भ्वाइस म्यासेज

भर्खरै मात्रै इन्स्टाग्रामले आफ्नो म्यासेजिङ सेवा डाइरेक्टमा भिडियो कलिङ फिचर थपेको थियो । भ्वाइस म्यासेज फिचरमा प्रयोगकर्ताले एक मिनेटसम्मको रेकर्ड साथीलाई पठाउन सक्नेछन् । चर्चित म्यासेजिङ एपमा भएको भ्वाइस म्यासेजको फिचरले इन्स्टाग्रामलाई अन्य कम्पनीको प्रतिस्पर्धी बनाउनेछ । विशेषगरी, हिँड्दाहिँड्दै, सवारी चलाउँदै गर्दा मानिसहरू भ्वाइस म्यासेज पठाउन रुचाउँछन् । टाइप गर्न झन्झट लाग्नेको लागि पनि यो फिचर उपयोगी हुनेछ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?