कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिगज्याग रेस

खेल खेलौं

काठमाडौँ — यो खेलमा एकपटकमा ३२ देखि ४० जना बालबालिका सहभागी हुन सक्छन् । सहभागी खेलाडीहरूको उमेर १० देखि १४ वर्षको भए राम्रो मानिन्छ ।

जिगज्याग रेस

यो खेलका लागि ५० मिटर लामो मैदान र कम्तीमा ५० वटा खाली बोतल आवश्यक हुन्छ । यसरी सहभागी हुने खेलाडीले सरल रेखामा १–१ मिटरको फरकमा राखिएका बोतललाई (चित्रमा देखाएजस्तै) दायाँबाट बायाँ वा बायाँबाट दायाँ घुम्दै दौड पूरा गर्नुपर्छ ।


खेल्ने तरिका

यो खेलमा सहभागी खेलाडीलाई ८ देखि १० समूहमा एउटा समूहमा ४ जना पर्ने गरी विभाजित गर्नुपर्छ । प्रत्येक समूहको खेलमा पहिलो हुने खेलाडीलाई दोस्रो चरणमा प्रवेश गराउनुपर्छ । दोस्रो चरणमा पनि खेलाडीको संख्या हेरेर समूह विभाजन गरेर खेलाउन सकिन्छ । अन्तिम चरणमा पुगेका ४ खेलाडीबीच फाइनल प्रतिस्पर्धा गराएर विजेता छनोट गर्न सकिन्छ । यो खेल खेल्दा दौडने खेलाडीले बोतललाई घुम्ने क्रममा बोतल ढाल्नुहुँदैन र प्रत्येक बोतललाई नियमपूर्वक घुमेको हुनुपर्छ । अन्यथा त्यस्तो खेलाडी अयोग्य मानिन्छ ।

प्रकाशित : पुस ३०, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?