कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो घरको हजुरबुवा

काठमाडौँ — हाम्रो घरको हजुरबुवा, बिरामी हुनु’भो,
बुढयौलीले सताएर, ओछयानमा सुत्नु’भो ।

हाम्रो घरको हजुरबुवा

कपाल सबै सेतो भयो, दाँत पनि छैन,

उठ्न खोज्नुहुन्छ तर, उठ्ने शक्ति छैन ।

कैलेकाहीं रुनुहुन्छ, धेरै दुख्छ पेट,

विदेश गा’को छोरासँग, हुँदैन कि भेट ।


दिसा–पिसाब आपंैm गर्न, उहाँ सक्नुहुन्न,

अरूलाई दु:ख दिन, उहाँ मान्नुहुन्न ।

कराएर बोल्नुपर्छ, कान सुन्नुहुन्न,

खाना पनि खानुस् भन्यो, खाँदै खानुहुन्न ।


जतिसुकै खाए पनि, औषधिले छुन्न,

भेट्न आउने मान्छेलाई, उहाँ चिन्नुहुन्न ।

गोडा दुख्यो भन्नुहुन्छ, गोडा मिचिदिन्छु,

सम्झनाको लागि यौटा, फोटो खिचिदिन्छु ।


हाम्रो घरको हजुरबुवा, बिरामी हुनु’भो,

बुढयौलीले सताएर, ओछयानमा सुत्नु’भो ।

-डा. मुकुन्द पथिक

प्रकाशित : पुस ३०, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?