कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाको बुद्धमूर्ति

काठमाडौँ — गौतम बुद्ध संसारभरका शान्तिकामीहरूका प्रेरणास्रोत हुन् । उनका अनुयायी नेपालभन्दा विदेशमा बढी छन् । कतिपय मुलुक बुद्धधर्मलाई नै मुख्य धर्मका रूपमा मान्ने पनि छन् । तीमध्येको एक हो– श्रीलंका । त्यहाँ अहिले संसारकै सबैभन्दा लामो बालुवाको बुद्धमूर्ति बनाइएको छ । 

बालुवाको बुद्धमूर्ति

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनका लागि राखिएको यो मूर्ति ४० फिट लामो छ । ६ ट्रक बालुवा प्रयोग गरी ३ दिन लगाएर भारतीय मूर्तिकार सुदर्शन पटनायकले बुद्धमूर्ति बनाएका हुन् । लुम्बिनीमा जन्मेकाले नेपाली भिक्षुले पूजाआजा गरी मूर्ति सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए । नेपाल बौद्ध विद्यार्थी संघ श्रीलंकाका अध्यक्ष भिक्षु वजिर प्रेमका अनुसार यो मूर्ति अहिले सबैको आकर्षण बनेको छ । ‘बालुवाबाट कसरी मूर्ति बनाउन सकिन्छ भनेर हेर्नेहरू बढी आउँछन्,’ उनले भने । रूसको मस्कोमा गतवर्ष आयोजित १० औं बालुवा आर्ट च्याम्पियनसिप उपाधि जितेका मूर्तिकार पटनायकले गतवर्ष नै गिनिज बुक अफ वल्र्ड रेकर्डसमेत कायम गरेका छन् । उनले भारतको पुरीबीच उडिसामा ४८ दशमलब ८ फुट अग्लो बालुवाका किल्ला स्तुप बनाएर विश्व रेकर्ड कायम गरेका थिए । यसअघि उक्त रेकर्ड अमेरिकी नागरिक टेड सिवर्टले राखेका थिए । उनले अमेरिकाको मायमी समुद्रमा सन् २०१५ मा ४५ फुट अग्लो किल्ला स्तुप बनाएर रेकर्ड बनाएका थिए ।

प्रकाशित : पुस ३०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?