कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचेत भन्नेहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — एक्काइसौँ शताब्दीका सभ्य मानिस
आफैँले आफैँलाई सचेत छु नभन
किनकि,
धनी र गरिबको विभेद जारी छ

ऐन र कानुनको तर्जुमा र व्याख्यामा

भएको छैन अन्त्य जातीय विभेदको

जति कुरा गरे पनि लैंगिक हिंसा जारी छ

समानताको कुरा गरेर नथाक्नेहरू

र व्यवहारमा उतार्न नसक्नेहरू

आफैँले आफैँलाई सचेत छु नभन ।

नारी हिंसा अन्त्यका लागि विचार गोष्ठीमा

दमदार भाषण गर्नेहरू,

तिम्रो घरमा जारी छ नारी हिंसा र अपमान

पहिला अन्त्य गरेर आऊ ।

अनि,

घन्काऊ नारी हिंसाविरुद्धको आवाज र

आह्वान गर सबैलाई,

विद्यमान लैंगिक विभेद र हिंसाको अन्त्य गराँै ।

आफ्नै घरमा समसत्ता कायम गर्न नसक्नेहरू

भो आफूले आफैँलाई सचेत छु नभन

एता सुन त, ए सभ्य भनिएकाहरू

शिक्षालाई पहिला व्यवहारमा उतार

कागजी शिक्षा त हासिल गर्‍यौ तिमीले

व्यवहारमा उतार्न चाहेनौ या सकेनौ

भो आफूले आफँैलाई सचेत छु नभन ।

-कविता राय, कक्षा–१०

आजाद मावि, पाँचाखाल–१२ काभ्रेपलाञ्चोक

प्रकाशित : फाल्गुन ६, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?