कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्‍याङ

काठमाडौँ — छेउछाउमा लामा बाँस
बीचमा साना टुक्रा धेरै,
तलमाथि गर्ने वेला
खडा हुन्छ जतिखेरै ।

भर्‍याङ

काठ अनि फलामका
भर्‍याङ हुन्छन् थरीथरी,
चढ्दा अनि झर्दाखेरि
डर लाग्छ घरीघरी ।

जत्रो चाहियो त्यत्रै बन्ने
यो हो अनौठोको सामान,
सजिलो छ तल झर्न
अनि फुत्त माथि जान ।

जे परे नि अग्लो ठाउँमा
यसले गर्छ ठूलो काम,
बाँसमा काँटी ठोकी बन्ने
भर्‍याङ हो यसको नाम ।


-अदिश गौतम, कक्षा–४
काञ्जीरोवा नेसनल मावि,
काठमाडौँ

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?