कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म फूल हुँ

काठमाडौँ — कलिला छन् मेरा कोपिला,ठूलो हुनु छ अझैफैलाउनु छ आफ्नो वासना,फूलबारीको यो आँगनमा ।

म फूल हुँ

काँडा छन्, कडा जरा छन्,
यी पीडा दिन्छन् मलाई,
सफलताको बाटालाई छेकी,
तर बढ्नेछु म अघि,
एक सुन्दर फूल बनाउनेछु आफूलाई ।
नरम छु, चुँडिन्छु म सजिलै,
पानीका थोपाले झर्छन् यी पात,
कोमल छु, मन सफा छ,
खुसी हुन्छु म घामको एक किरणले,
बिर्सिन्छु मेरा सबै त्रास ।
शिक्षा दिन्छु मानवताको,
मीठो वासना छरी,
जीवन मेरो क्षणिक छ,
सदुपयोग गर्छु यसलाई सधैं ।

-केनी तामाङ, कक्षा–९
बेबिलोन नेसनल स्कुल, काठमाडौं

प्रकाशित : असार २४, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?