काठमाडौँ — ल्याप्चे लाउने ठुल्दाजैरैछौ डल्ले डल्लेबूढी औंला भनेरनाम राख्यो कल्ले ?
भाइसँग टाँस्सियौ
दाजुलाई छोड्यौ
नामै चोरी औंला रे
भन के–के चोर्यौ ?
थाहा पाएँ यो कुरा
बल्ल मैले आज
माझी औंला भएरै
बस्यौ सबको माझ ।
डाहा गर्दै दुनियाँ
आँखा तरी हेर्छन्
साहिँली औंला धनी छन्
सुनको औंठी बेर्छन् ।
बजार गई नाना र
मीठो पापा किन्छु
बाको कान्छी औंला यो
समातेर हिँड्छु ।
प्रतिक्रिया