कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो करेसाबारी

कविता

काठमाडौँ — हरियो भो सेरोफेरो लागेपछि ठूलो झरी,लटरम्म तरकारी छन् घरका बारी–कान्लाभरि ।

हाम्रो करेसाबारी

लौका, भन्टा, करेला छन्
झालैभरि सिमी–फर्सी,
घिरौँला र चिचिन्डासँगै
काँक्रो टिप्नुपर्ला पर्सि ।
दायाँ हेरे टमाटर
बायाँ हेरे भिन्डी–बोडी,
घरका ताजा तरकारी
कतै जानुहुन्न छोडी ।
स्वस्थ अनि स्वादिला छन्
आफ्नै घरका तरकारी,
तरकारीले भरिपूर्ण छ
हाम्रो करेसाबारी ।

-आरती ज्ञवाली, कक्षा–७
अमरसिंह मावि, पोखरा

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?