कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टाइटनिक

काठमाडौँ — साथीहरू हो ! तिमीहरूले टाइटनिकको बारेमा सुनेका छौ ? सुनेका भए राम्रो । नसुनेका भए म तिमीहरूलाई छोटकरीमा बताउँछु है त । सन् १९१२ मा बनेको संसारकै सबभन्दा ठूलो पानीजहाजको नाम हो टाइटनिक ।

टाइटनिक

यसको निर्माण युरोपको आयरल्यान्डमा गरिएको थियो । यसको निर्माण गर्दा तीन लाख जति मानिसले काम गरेका थिए । यसको डिजाइन थोमस एन्ड्रियुजले गरेका थिए । टाइटनिकभित्र हस्पिटल, रेस्टुराँ, डिस्को, स्विमिङ पुल, थरीथरीका पसल आदि थुप्रै सुविधाहरू थिए । टाइटनिकको निर्माण गर्न ३ वर्ष जति लागेको थियो । यो दुर्घटनामा परेर केही क्षणमै क्षतिग्रस्त भएको थियो ।

त्यस समयमा युरोपबाट थुप्रै मानिस अमेरिकातिर जान्थे । सन् १९१२ अप्रिल १५को राति युरोपबाट अमेरिकातर्फ जाँदै गर्दा द्रुत गतिमा चलिरहेको टाइटनिक प्रशान्त महासागरमा दुर्घटनामा परेको थियो । समुद्रको पानीभित्र रहेको एउटा ठूलो हिउँको ढिस्कोमा ठोकिएपछि जहाजै भाँचिएको थियो ।

टाइटनिकमा जम्मा २२२३ यात्री थिए । ती मध्ये ७ सय ६ जनालाई स–साना डुंगाको सहायताले अर्को जहाजतिर सारेर बचाइएको थियो । बाँकी सबै जनाको मृत्यु भएको थियो । दुर्घटना भएको दोस्रो दिन टाइटनिक समुद्रभित्र पूरै डुबेको थियो ।यही सत्य घटनामा आधारित रहेर अंगेजी चलचित्र ‘दी टाइटनिक’ पनि बनाइएको छ । विशाल महासागरको बीचमा भएको यो दुर्घटना सम्झँदा मलाई त कहाली नै लाग्यो । ती यात्रीहरूले बच्नका लागि कति कोसिस गरे होलान् । यस्तो डरलाग्दो दुर्घटना फेरि कहीँ कहिल्यै नहोस् ।

-सौरभ चापागाईं, कक्षा–४
युनाइटेड स्कुल, ललितपुर

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?