कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन लाग्छ यस्तो

कविता

काठमाडौँ — जब म जीवनले भरिएको सुन्दर पृथ्वी देख्छुतब मलाई लाग्छ,

किन लाग्छ यस्तो

जब म जीवनले भरिएको सुन्दर पृथ्वी देख्छु
तब मलाई लाग्छ,
बाँच्न सक्ने ठाउँलाई कुरुप पार्न मानिस
अघि किन लाग्छ ?
जब म वधशालामा राखिएको पशुलाई देख्छु
तब मलाई लाग्छ,
बुद्धि र विवेक भएको मानिसमा
करुणा कहिले जाग्छ ?
जब म उच्च हिमशिखर देख्छु
मलाई हुन्न चैन,
शिखर जति उच्च विचार
मानिसमा किन छैन ?
जब म वृक्ष र हरियाली देख्छु
तब मेरो दिमागमा प्रश्न जाग्छ,
वायु, शीतल दिने त्यो सुन्दर वृक्षलाई
मानिस किन काट्छ ?
जब म आधुनिक मानिस देख्छु
तब मलाई लाग्छ,
लुटेर र मारेर मानिस
रमाउन कहिले थाक्छ ?
जब म छौपडी, बोक्सी र दास प्रथाको बिगबिगी देख्छु,
अब मलाई लाग्छ,
हाम्रो नेपालबाट कुप्रथा अब कहिले भाग्छ ?
अब मलाई किन किन लाग्छ यस्तो
मानिसबाट मानवता हराएजस्तो
मानव जीवन नै किन भयो यति सस्तो
पैसामा किनबेच गर्न सक्ने जस्तो ।

स्निग्ध कार्की, कक्षा–९
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?