घडी

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — दिउँसोभरि समय देखाउनेकाम गर्छ यसले हामीलाईधेरै महत्त्व हुन्छयसको हामी सबैलाई ।।

दिउँसो बेलुकाभरि नथाक्ने यो घडी
हुन्छ यसमा तीन वटा छडी
तीन वटा दाजुभाइ छुट्टिएर
दिन्छ समय हामी सबैलाई ।।

एउटा सुई चाँडो घुम्छ
अर्को अलि ढिलो
मोटो सुई लोसे हुन्छ ।
समयको होस् गर है भाइ हो ।।

Yamaha

बिहान बेलुकै समय देखाउँछ
हामीलाई समयसँग हिँड्न सिकाउँछ
कत्ति राम्रो मेरो घडी
यसमा हुन्छ तीनवटा छडी ।।

-विपाशना चालिसे, कक्षा–९
अरुणिमा मावि, बौद्ध, काठमाडौं

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फुर्सदमा पढौं

कान्तिपुर संवाददाता

काठमाडौँ — हाम्रो घरको छानामा राम्रो चरी आएको मैले पापा दिएकोमीठो मानी खाएको

यी हरफ हुन्– ‘बगैंचाका फूलहरू’ बालगीत संगालोभित्रका एक गीतको । संगालोमा खुत्रुक्केको पैसा, मुसो गर्छ चुँचुँ, स्वादिलो खाना, पानी हाम्रो साथी, सुतूँ भने ओछयान छैन शीर्षकका र यस्तै अन्य गरी ३६ वटा बालगीत समावेश छन् । गीतका विषयवस्तु, देशप्रेम, प्रकृति, जीवजन्तु र बालमनोविज्ञानमा आधारित छन् ।

मुकुन्द पथिकले लेखेका यो बालगीत संग्रहमा गीतहरू अनुसारका तस्बिर पनि राखिएका छन् । अमेरिकाका हवाईमा बस्ने नेपालीहरूको सामाजिक संस्था सोसाइटी अफ नेप्लिज इन हवाई (स्नेहा) ले प्रकाशन गरेको यो पुस्तकको मूल्य नेपालमा १२५ रुपैयाँ र अन्य मुुलुकका लागि १० अमेरिकी डलर छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT