कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी बालक

कविता

काठमाडौँ — ऐलेका कलिला, अबोध चिचिला हामी सबै बालक बन्ने छौँ बुझ है मुमा अनि बुबा यो देशका चालक ।भ्रष्टाचार तीता जरा सब मिली फाल्छौं उखेलीकन हामी भोलि बनाउँछौं अति खुसी नेपाल आमा मन ।।

हामी बालक

हाम्रै काँध छ भार देशभरको फोहोर फाल्ने अब
फाल्छौं दूर हजार माइल बुझौं हाम्रो हटे शैशव ।
राम्रो शासन ल्याउँछौँ सरसिला रोप्छौं हजारौं सुधा
आत्मा रुन्छ भकानिँदै शिशु छँदै नेपाल दु:खी हुँदा ।।

मोतीतुल्य छ भूमि यो मनमनै भन्छौं महँगो पनि
नानीको उपमा दिई अझ सबै संसार हेर्छौं अनि ।
औंसीभित्र सदैव चम्किरहने श्रीसूर्य देख्छौं यहीँ
भन्दै छौं सुख शान्ति छैन मनमा नेपालभन्दा कहीँ ।

धर्ती ज्योति दिँदै जगाइरहने आकाशमा जून छ
सारा विश्व चिनाउने शिर बुझौं नेपालकै उच्च छ ।
धर्तीकै बहुमूल्य रत्नमणि छन् नेपाल पाखाभरि
राख्ने छौं मुटुभित्र यी सब कुरा मर्छौं नि केही गरी ।।

पाखाभित्र बगाउँछौं नदनदी ढुंगा पगाल्छौं अनि
लाखौं अन्न फलाउँछौं सब मिली कान्ला भिराला खनी ।
अर्काको घर काम गर्न कहिल्यै जान्नौं यहीँ मर्दछौं
नेपाली घर स्वर्गघर महले मौरी बनी भर्दछौं ।।

धर्मानन्द भट्ट

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?