कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गोजीमा दाम छैन’

काठमाडौँ — ‘गोजीमा दाम छैन’ अहिले चर्चामा रहेको गीत हो । यस गीतको बीचमा सुनिने बाल कलाकारको स्वर गृष्मा शिवाकोटीको हो । राजनराज शिवाकोटी र मेलिना राईको स्वरसागै यस गीतमा समावेश गृष्माको स्वरलाई पनि दर्शकश्रोताले धेरै रुचाएका छन् ।

‘गोजीमा दाम छैन’

गृष्मालाई सानै उमेरदेखि गायनमा रुचि थियो । कक्षा दुईमा अध्ययन गर्दा नै उनको पहिलो गीत रेकर्ड भयो । तोते बोलीमा गाइएको ‘घिन्ताङ घिन्ताङ मादल’ बोलको उक्त गीतलाई पनि धेरै रुचाइएको थियो । त्यसपछि निस्किएको ‘फिरफिर पुतली’ शीर्षकको एल्बममा पनि उनको स्वरका तीनवटा गीत समावेश छन् । उनले ‘फूलको थुङ्गो’ नामक एल्बममा पनि गीत गाएकी छन् । केही समयअघि ‘रुद्र प्रिया’ चलचित्रको ‘चिरबिरचिरबिर चााचरी...’ बोलको गीतमा पनि उनको स्वर सुन्न सकिन्छ ।

२०६६ असार १४ गते जन्मिएकी गृष्मा हाल दस वर्ष लागिन् । उनी सेन्ट सेभियर्स स्कुलको कक्षा ४ मा पढ्छिन् । उनको अध्ययन र गायन कला निकै राम्रो छ । ‘गोजीमा दाम छैन’ उनको पछिल्लो गीत हो । यो गीत ‘चंगा चेट’ चलचित्रमा छ । सार्वजनिक भएको छोटो समयमै यो गीतको युटयुब भ्युअर्सको संख्या धेरै छ । यस गीतबाट हजारौाको संख्यामा टिक–टक भिडियो बनेका छन् । यिनै कारणले गर्दा अहिले गृष्माको चर्चा बढ्न थालेको छ । आफ्नो स्वरमा एउटा सानो साथीले रमाइलो पाराले अभिनय गरेको भिडियो देख्दा गृष्मालाई मज्जा लाग्छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?