कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रसंघीय नमुना सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — कोटेश्वरस्थित कान्जिरोवा नेसनल माध्यमिक विद्यालयमा नमुना संयुक्त राष्ट्रसंघीय सम्मेलन भएको छ  । विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थी सम्मिलित उक्त सम्मेलनमा समसामयिक अन्तर्राष्ट्रिय घटनाक्रमबारे व्यापक छलफल गरियो  ।

राष्ट्रसंघीय नमुना सम्मेलन

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, विश्व श्रम संगठन, विश्व खाद्य संगठन, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन, संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय शरणार्थी आयोग तथा संयुक्त राष्ट्रसंघका विभिन्न आंगिक निकायहरूको प्रतिनिधित्व गरेका विद्यार्थीहरूले सुरक्षा परिषद्समक्ष आआफ्ना संकल्प–मस्यौदा प्रस्तुत गरेका थिए । विद्यार्थीहरूका संकल्प–मस्यौदामा पारिश्रमिकमा लैंगिक विभेद, असंक्रामक रोगको रोकथाम, प्राकृतिक प्रकोपको पूर्वतयारी, विश्वमा शरणार्थी संकट, युवा कट्टरवादले विश्वमा पारेको असरजस्ता समसामयिक विषय उल्लिेख थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?