कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाण्डा संरक्षण चेतना

कान्तिपुर संवाददाता

काठमाडौँ — रेड पाण्डा संरक्षणमा चेतना जगाउन जाजरकोटको कुशेगाउँपालिका सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम भएको छ  । कार्यक्रममा जनता, सरस्वती, रिजापहाडे, भगवती र भेटुखाना माविका करिब दुई सय विद्यार्थीको सहभागी थिए  ।

पाण्डा संरक्षण चेतना

रेड पाण्डा संरक्षणमा चेतना जगाउन जाजरकोटको कुशेगाउँपालिका सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम भएको छ । कार्यक्रममा जनता, सरस्वती, रिजापहाडे, भगवती र भेटुखाना माविका करिब दुई सय विद्यार्थीको सहभागी थिए । कार्यक्रममा विद्यार्थीलाई रेड पाण्डालगायतका वन्यजन्तुको परिचय, पारिस्थितिक र वैज्ञानिक महत्त्व बुझाइएको थियो । यसलाई गैरकानुनी रूपमा मार्ने, छोप्ने, घाइते बनाउने, अखेटापहार ओसारपसार, खरिद बिक्री, र गैरकानुनी क्रियाकलाप गर्दा हुने दण्डसजायहरूबारे पनि प्रस्ट पारिएको थियो ।

आफ्नै गाउँमा पाइने रेड पाण्डा संरक्षणमा बालबालिकालाई जिम्मेवार बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको आयोजले जनाए । कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुमा आधारित रहेर हाजिरीजवाफ कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

‘रेड पाण्डा के हो, कस्तो जनावर हो र यसको संरक्षण किन गर्नुपर्छ भन्ने थाहा भयो,’ जनता मावि, पैंकमा कक्षा १० मा अध्ययनरत बिन्दु सिहंले भनिन्, ‘रेड पाण्डा जोगाउन गोठ र जंगलमा जाँदा बाबाआमाले अपनाउनुपर्ने सावधानीका विषयमामा पनि जानकारी पायौं ।’ भगवती मावि भेटुखानामा कक्षा १० मै पढ्न्े दलबहादुर नेपालीले पनि अबदेखि पाण्डा संरक्षणमा सजग हुने बताए । कार्यक्रम प्रकृति संरक्षण अभियानको प्राविधिक सहयोगमा गरिएको हो ।

- बद्री बराल

प्रकाशित : कार्तिक ११, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?