कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमा

कविता

काठमाडौँ — मेरी आमा मेरी प्यारी आमा तिमीलाई दिन्छुु म संसारभरिको माया

आमा

दु:खमा बनिदियौ मेरो शिरमाथिको साया

तिमीमाथि आउँछ मलाई अपार करुणा र दया


दस धारा दूधको किस्मत कसरी चुकाऊँ

तिम्रो त्यो नमेटिने माया कसरी भुलाउँ ।

आमा तिमीले मलाई यसरी सुन्दर धर्तीलाई चिनायौ

यस पापी दुनियाँमा कसरी नझुक्ने तिमीले सिकायौ


तिम्रै माया र ममताको कारण बाँचिरहेछु ।

तिम्रै नामको जाप मनमाली अघि बढिरहेछु

बन्न सिकायो तिमीले मलाई ज्ञानी र असल

अहिले पनि मीठो निद्रा लाग्छ, तिम्रो न्यानो त्यो आँचल

जति माया तिमीले दियौं, त्यति माया म दिन सक्दिनँ होला

जति गुण तिमीले लगायौ, त्यति लगाउन सक्दिनँ होला

म तिम्रो प्रिय र तिमी मेरो प्रिय हो

त्यसैले तिम्रा लागि मैले यो कविता लेखेको हो ।

- शुभम शाह, कक्षा–८

युनाइटेड स्कुल, ललितपुर

प्रकाशित : मंसिर २, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?