काठमाडौँ — यो एउटा टुहुरोको कथा हो,
उनको जीवनमा संघर्ष अनि व्यथा थियो ।
जसले आफ्नो जीवन सडक किनारमा भेट्टाए,
संघर्ष गरी टुहुरो त अहिले ठूलो नेता भए ।।
भोको बस्न बाध्य उनी, जन्मिए जँडिया बाबुको हातमा,
माया र ममताविहीन बस्न पाएनन् आमाको साथमा ।
बाबुको पिटाइ खान्थे उनी धेरैजसो रातमा,
कहिले भट्टी त कहिले कारागारमा,
उनका बाबु हुन्थे जहिले पनि मातमा ।।
सपना राख्छन् उनी देश विकास गरिदिने
आफूजस्ताका जीवनमा खुसी भरिदिने ।
नगरेको गल्तीको सजाय आफू किन लिने,
सोच राख्छन् उनी उत्कृष्टमा सबैलाई उछिनिदिने ।।
उनको अधिकारलाई बाबुले सयौं चोटि लुटिसके,
उनी सिसा त होइनन् तर भित्रैबाट फुटिसके ।
उनको जीवनमा बाहेक चारैतिर रमझम छ,
जीवनको दु:ख उनी फेरि एक चोटि सम्झन्छन् ।।
एक दिनको हो कुरो,
जीवन कसरी सुधार्ने भनी तर्क निकाल्छन्, उही टुहुरो ।
बाबुलाई छाडी भागिजान्छन् सहर,
आशा राखी पूरा गर्ने उनको सपना र रहर ।
जति भागे पनि सकिँदैन जीवनमा संघर्षको लहर ।।
सहरमा एक्लै उनी, न त नातेदार न कोई आफ्नो छ,
पेट पाल्न उनी, इँटाभट्टीमा काम गर्छन् ।
थोरै थोरै गरी उनी आफ्नो स्कुल फी भर्छन्,
स्कुल सक्काई उनी कामतिर लर्कन्छन् ।।
गरिब भनी हेप्छन् उनलाई साथीभाइले,
सफलताले अंगाल्छ मात्र दु:ख गर्नेलाई रे ।
त्यही सोची, उनी जीवनयापन गर्दै पढाइतिर कस्सिन्छन्,
लक्ष्य पूरा गर्न उनी अति नै तम्सिन्छन्,
तर पैसाको अभाव सम्झी उनको मन झस्किन्छ ।।
क्याम्पस पास गरी उनी राजनीतिमा लाग्न थाले,
देश विकास आफ्नो लक्ष्य, यतैबाट ताक्न थाले ।
विस्तारै उनी देशमा भोट माग्न थाले,
उनी अब वरिष्ठ नेता स्वरूप बिक्न थाले ।।
अहिले उनी सफलतालाई चुम्दै छन्,
आफ्नो हरेक इच्छाको आँगनमा घुम्दै छ ।
सफलता देखेर खुसीले उनको हृदय गदगद् हुन्छ,
अहिले उनी हरेक नेपालीको मन छुँदै छ ।।
देश विकास गरे पनि, उनको लक्ष्य अझै बाँकी छ,
दु:खी जीवनमा खुसी छाए नि, सफलता अझै माथि छ ।
आज मन्त्री कहलाए नि, संघर्ष एकमात्र जीवनसाथी छ,
सबै राजनीतिज्ञ नराम्रो भन्ने कुरा नानापाथी मात्र छ ।।
यो कुनै मनोरञ्जनको गीत होइन,
एउटा सामाजिक कविता हो ।
कसैले अन्धकारमाथि लगाएको प्रित होइन,
कथा विद्यार्थी र उनको सपना संघर्षको हो,
उनलाई देखेर मेरो पनि संघर्ष आजैदेखि सुरु भो ।।
-सुगम सेन सिन्जाली, कक्षा–१०
विश्वनिकेतन उच्च मावि, काठमाडौं
प्रकाशित : मंसिर १६, २०७५ ०८:५३