कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाले बनाए चित्र 

काठमाडौँ — सारस संरक्षणप्रति चेतना जगाउन लुम्बिनीमा चित्रकला प्रतियोगिता गरिएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ चित्रकलामा बालबालिकाले राम्रा राम्रा सृजना गरे ।

बालबालिकाले बनाए चित्र 

हरियाली वातावरण, नदी, तालतलैया, रूखबिरुवा र सारसका चित्र कोरे । कतिपयले सारस बस्ने वातावरण देखाए । सारस ओथारो बसेको र ससाना बचेरा हुर्कंदै गरेको चित्र पनि सृजना गरेका थिए । २ घण्टा समय दिई कोर्न लगाएको चित्रकलामा १० विद्यालयका ३० विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा मेत्ता गुरुकुल विद्याश्रम कक्षा ९ का सुनील हरिजन, मुधवनी मावि कक्षा ९ का राकेश हरिजन र मेत्ता गुरुकुल विद्याश्रम कक्षा ९ का शिवसागर कोहार क्रमश: प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले क्रमश: ७ हजार, ५ हजार र ३ हजार नगद तथा शैक्षिक सामग्री पुरस्कार पाए । पुरस्कृत विद्यार्थीलाई अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनका संस्थापक डा. जर्ज आर्चिबाल्ड र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले पुरस्कार वितरण गरे ।

प्रकाशित : मंसिर १६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?