कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालिक

कविता
अमृता स्मृति

काठमाडौँ — ठूलो पाटाको एक छेउबाट
अचानक आएपछि बौलाह हुरी
आगोले घर निल्यो
आमाले आगो निलिन्

खरानी मन बोकेर

हातपाउ हजुरको महलमा खटियो ।


भान्सामा काटेपछि तरकारी

मझेरीमा लगाएपछि झाडु

रछ्यानमा चम्काएपछि भााडा

शौचालयमा दलेपछि पोछा

मन्दिरमा चढाएपछि अगरबत्ती

विद्यालयको आागन देखें !


पुसको ठन्डीमा कााप्दै

छोरी भेट्न आउनुभएको बा

हजुरले परार साल किनिबक्सेको

खैरो ज्याकेटले ढाकिएपछि

हामी सुखी भएका हौं मालिक !


म भुइँ छोडेर बुर्लुक्क उफ्रिएको पल

हजुरले हजुरनीको मुहारमा हेर्दै

भनिबक्स्यो, ‘हामारी बेटी’

भुलेर नि:सन्तान हुनुको पीडा

मालिक्नी सापले मुस्कुराउादै

ढाडमा न्यानो ढाप मारिबक्सेपछि

पहिलो पटक मालिक्नीसापको आाखामा आमा देखें

र म भावविभोर भएको हुा मालिक !


हजुरको दाइको छोराले ल्याइबक्सेको स्याउ

भोकको भुमरीमा एक दाना चपाउादा

आज कसरी चोर भएा ?

देख्नुभएन ?

मेरो शिरसाग खेल्नुपर्दा

कुचोको डााठ भत्किएर रोएको !

शरीरभन्दा ठूलो नाङ्लो

स–साना औंलाहरुले चेप्न नसकेर

एक मुठ्ठी चामल छरिादा

हजुरले किन गरिबक्स्यो ?

मलाई सडक पठाउने फैसला !


माफी बक्सियोस् मालिक !

नयाा खबर आइपुगेकै बेला

निस्कनुपर्‍यो भने ढोकाबाट

मैले कसरी हेर्न सक्छु ?

सन्तानप्राप्तिको खुसीमा धपक्कै बलेको

मालिक्नी सापको अनुहार !

प्रकाशित : माघ २०, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?