कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुमन भर्जिनल्यान्ड ! 

फोटो
स्मिता पौडेल

काठमाडौँ — रसुवाको स्याफ्रुबेसी बाट करिब १५ मिनेटको मोटर यात्रामा लिङलिङ पुगिन्छ । भूकम्पले जीर्ण बनाएको डरलाग्दो लिङलिङ पुल पार गरेर २ घण्टाको ठाडो उकालो चढेपछि रसुवाको पर्यटकीय गाउँ थुमन पुगिन्छ । हालसम्म सडक सञ्जालले नजोडिएको उक्त क्षेत्र तामाङ सम्पदा मार्गमा पर्ने भएकाले सिजनमा उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।

थुमन भर्जिनल्यान्ड ! 

नेपाल–चीन सीमामा पर्ने भएकाले सुरक्षा संवेदनशीलताका हिसाबले थुमन क्षेत्रलाई अध्यागमन विभागले निषेधित क्षेत्रमा वर्गीकरण गरेको छ । अध्यागमन नियमावली २०५१ अनुसार थुमन जान चाहने विदेशी पर्यटकले अध्यागमनबाट प्रतिव्यक्ति प्रतिसाता १० डलर तिरेर ट्रेकिङ पर्मिट लिन सक्छन् । थुमन गाउँबाट नागथली हुँदै तिरुछेसम्म पदयात्रा गर्न सकिन्छ । तिरुछेबाट झन्डै एक दिनको हिँडाइमा तिब्बतसँगको सिमाना मालागढी नाका पुग्न सकिन्छ । नेपालका विभिन्न १५ जिल्लामा निषेधित क्षेत्र रहेकोमा रसुवामा थुमन क्षेत्र र टिमुरे क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

प्रकाशित : वैशाख १, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?