सुँगुर विद्रोह

कविता
स्वप्निल स्मृति

काठमाडौँ — कोही मलाई फकाइरहेछ फेरि पनि स्वर्ग जान ।स्वर्गभन्दा सुन्दर हिमालमुनि छ–

इन्द्रको दरबारजत्तिकै सुन्दर मेरो सानो सुागुर–खोर,
यसलाई उधिन्दै छ/भत्काउादै छ राक्षसजस्तो एउटा डोजर।
कि यही खोरबाट छेडेर हिमाल/समुद्र
तोपभन्दा खतरनाक बुलेट रेल आइरहेछ।
त्यही रेल चढेर स्वर्ग जान कोही मलाई फकाइरहेछ।

फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
फेरि पनि अस्वीकार छ।

कि यो बञ्जर धर्ती मैले उधिनेर
लसुन रोपिखाएका हुन् सिबेरा एक्थुनामा१हरुले
यो शून्य आकाशमा मैले थुतुनो जोतेर
उड्न सिकेका हुन् पुष्पक यानमा रावणहरु
मैले त तरूल, कन्दमूल मात्र खन्न सिकाएथें
अविच्छिन्न जीवनका लागि,
तर कोही स्वर्ग गइरहेछ हिरामोतीको सारा खानी कुम्ल्याएर।
मैले खनेको जङ्गली पिँडालु आगोमा पड्किादासम्म
ठीकै थियो
तर त्यैबाट सिकेर बनाएको परमाणु बम
पड्काएर पृथ्वीमा कोही स्वर्ग गइरहेछ।

Citizen

फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
एकदम अस्वीकार छ।

प्रकाशित : वैशाख १, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्

छोरी

कविता
विमला तुम्खेवा

काठमाडौँ — म चाहन्थेँ म जस्तै छोरी जन्मियोस्

तिमी पेटमा हुँदा यस्तो कल्पना गर्थें

मुस्कुराउँथें आफैंसँग ।

साँच्चै
तिमी जन्मियौ यो पृथ्वीमा
मैले चाहेजस्तै
तिम्रो चेप्टो नाक चिम्सो आाखा र उज्यालो अनुहार
मेरै प्रतिरुप थियौं
सबभन्दा खुसीको कुरा तिमी छोरी भएर जन्मियौं।

यसबेला तिमीलाई थाहा छैन
तर
पछि गएर थाहा पाउाछौं
मैलेजस्तो सन्तान जन्माउनेछौ
र,
सााचो अर्थमा
प्रेमको अनुभूति गर्न पाउनेछौं
योभन्दा खुसीको कुरा अर्को हुनै सक्दैन।

प्रकाशित : वैशाख १, २०७५ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्