कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँफूल

कविता
प्रकाश थाम्सुहाङ

काठमाडौँ — गाउँमा
जब बज्न थाल्छ
नौमती, च्याङ्ब्रुङ

हिउँफूल

गाउँमा
जब बज्न थाल्छ
नौमती, च्याङ्ब्रुङ
हावा पनि बहन थाल्छ
बोकेर वैशालु सुगन्ध
उनको शरीर औडाहाले जल्न थाल्छ

अनि हेर्छिन् ऐना
तर ऐनामा देख्छिन् फरकफरक अनुहार
लाहुरे
साइन्स टिचर
र, उनको भूतपूर्व प्रेमी
जो साप्सु मेलाबाट
अन्तिम चुम्बन दिएर बेपत्ता भएको थियो

आज पर्यन्त
उनले बुझेकी छैनन् एउटा रहस्य
कि पटकपटक
किन रित्तै फर्काइदिए बाबुले
बलियो कुटुम्ब

घाम ओइलाउादै गएको समय
खोल्छिन् बाकस
सुम्सुम्याउाछिन् जतनले राखेको
कण्ठ, साम्याङफुङ र ढाका साडी
अनि कल्पिन्छिन्
आउने विशेष दिन पहिरिनेछु यसलाई

सदाझैं
गाउँमा बज्छ, बजिरहन्छ
नौमती, च्याङब्रुङ
र, बतास जिस्क्याउादै भागिजान्छ

पछिल्लो पटक
जब हेरिन् ऐना
देखिन् कपालमा
फुल्दै गरेको हिउँफूल

हो
त्यहीाबाट मुर्झाइगएको हो
उनको बेहुली सपना ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?