कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टेजको सकस

फोकस आउट

काठमाडौँ — राजधानीको आर्मी अफिसर्स क्लबमा गत जेठ ३ गते नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड २०७४ मा पारा एथलिटको अवार्ड हिमाल अर्यालले जितेका थिए ।

स्टेजको सकस

ह्विलचियर बास्केटबल र क्रिकेटको राष्ट्रिय टिमका कप्तान रहेका उनलाई अपांगमैत्री स्टेज नहुँदा देशकै प्रतिष्ठित अवार्ड लिन निकै असहज भएको थियो । उनलाई स्टेजमा उक्लिन र ओर्लन स्वयंसेवकहरुको सहारा लिनुपरेको थियो । अपांगमैत्री स्टेज नभएकामा आयोजकले माफी नै माग्नुपर्‍यो । नेपाली सेनामा कार्यरत उनको माओवादी युद्धका बेला एम्बुसमा परेपछि मेरूदण्डमा क्षति पुगेको थियो । धेरैका लागि उनी रोल मोडल हुन् । तर, शारीरिक रूपमा पूर्ण सक्षम नभएकाहरुका लागि हाम्रा पुराना भौतिक संरचना निकै असजिलो छ र त्यसलाई अपांगमैत्री बनाउन आवश्यक देखिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?